चैत, कमल १२ , नेपाल महिला संघ कमल गाउँपालिका वडा नम्वर ३ कोसभापतिमा रिता खतिवडा (बराल) चयनहुनुभएको छ ।
गाउँपालिकाको वडा नम्वर ३ मा रहेका नेपाली कांग्रेस निकट महिला संघको भेलाले खतिवडालाई सभापतिमा सर्वसम्मत चयान हुनुभएको हो ।
त्यसैगरी उप सभापतिमा फुलमाया थेवे र ब्युटी बिष्ट सचिव रन्जु श्रेष्ठ र निरा दाहाल (ढुङ्गेल) सह सचिव देवी वाँस्कोटा र संगीता बराल सहित २४ सदस्य समिती चयन गरिएको नेपाली कांग्रेस कमल गाउँपालिकावडा नम्वर ३ का सभापति लक्ष्मण वोहोराले जानकारी दिनुभयो ।
वडा नम्वर ३ बाट सुरु गरिएको समिती गठन चाडै नै अन्य वडामा पनि गठन गरिने क्षेत्र नम्वर ५ का क्षेत्रीय सदस्य तिलरुपा सुवेदी (दाहाल ) ले जानकारी दिनुभयो ।
कार्यक्रममा छत्रपती खनाल दिपक गौतम, क्षेत्रीय प्रतिनिधी गौरीमान फौगी , प्रदेश क सदस्य बदीराम राई लगायतको उपस्थिती रहेको थियो ।