कमल, चैत १० । समावेशी महिला सशक्तिकरण केन्द्र झापाको सातौ साधारणसभा सम्पन्न भएको छ ।
समाजमा रहेको विभिन्न बिकृति तथा विसंगतीलाई न्यनिकरणका साथै महिलाहरुको क्षमता विकास गर्दै समृद्ध समाज निर्माण गर्ने उद्येश्यका साथ २०७१ सालमा सस्था स्थापना भएको सस्थाले नयाँ नेतृत्व चयन गर्दै सातौं साधारणसभा सम्पन्न गरेको छ ।
साधारणसभाले आगामी कार्यकालकालागी अध्यक्षमा श्रृजना पौडेल, उपाध्यक्ष उषा भण्डारी सचिव भगवती राई सहसचिव चन्द्रकला सुब्बा, कोषाध्यक्ष शेलिना राई लाई सर्वसम्मत चयन भएको निर्वाचन समिती संयोजक चक्र गुरुङ्गले जानकारी दिनुभयो । त्यसैगरी समितीको सदस्य माण्डुका नेपाल, देवि बानिया, उष दाहाल र आशा लिम्बु समेत चयन हुनभएको गुरुङ्गले बताउनु भयो ।
केन्द्रकी अध्यक्ष गौरा चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमल गाउँपालिका वडा नम्वर ३ का वडा अध्यक्ष नर प्रसाद दंगाल, लखनपुर खानेपानी सस्थाकी अध्यक्ष उषा भण्डारी, श्रुतिकृती महिला सहकारी सस्थाकी अध्यक्ष सरस्वती सेडाई लगायतले साधारण सभा तथा नव निर्वाचित समितीलाई कार्यकाल सफलताको शुभकामना राख्नु भएको थियो ।
कमल गाउँपालिका ३ स्थित सिंह देवी मन्दिरको सभाहलमा सम्पन्न भएको कार्यक्रमको सन्चालन सचिव ममता गुरुङ्गले गर्नु भएको थियो ।