कमल, २६ फागुन । कमल गाउँपालिकाको केर्खा खेल मैदानमा आज सम्पन्न प्रदेशस्तरीय प्रथम अध्यक्षकप फुटबल प्रतियोगिता अन्तरगत आजको खेलमा धनकुटा फुटवल क्वल, धनकुटा लाई ५ शुन्यको गोल अन्तरले हराउदै ए.पी. एफ.पकली सुनसरी विजयी भएको छ ।
प्रतियोगिताको पहिलो हाफको १४ मिनेटमा ए.पी.एफ.का तर्फ बाट जर्सि नम्वर १७ का सपन काकिर्ले गोल गरेर टिमलाई अग्रता दिलाउनु भएको थियो ।
दोश्रो हाफमा ४३ औ मिनेटमा ए.पी.एफ. जर्सि नम्वर ८८ का रोमन भुजेलले पुन गोल गरेर टिमलाई २ शुन्यको अग्रता दिलाउनु भएको थियो भने ५२ औ मिनेटमा पुन जर्सि नम्वर १७ कै सपन काकि गोल गर्नु भयो । त्यसैगरी ५४ मिनेटमा पुन ए.पी.एफ. कै जर्सि नम्वर ८८का रोमन भुजेल थप १ गोल गर्न सफल हुनुभयो भने ८१ औ मिनेटमा ए.पी.एफ.का तर्फ बाट जर्सि नम्वर ७ का शैलेन्द्र राईले गोल गरे सँगै ५ शुन्य को फराकिलो गोल अन्तरले ए.पी.एफ पकली सुनसरी बिजयी भएको हो ।
आजको खेलको म्यान अफ द म्याच ए.पी.एफ का जर्सि नम्वर ८८ का रोमन भुजेल हुनुभएको छ वहाँले नगद २ हजार ५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नु भएको छ ।
प्रदेश नम्वर १ का ८ वटा टिम सहभागी रहेको प्रतियोगिताको भोलिको खेल चारतारे फुटवल क्लव लेटाङ्ग र रेडहर्स फुटवल क्लव ईलाम बिच हुनेछ आयोजक कमल गाउँपालिका खेलकुद विकास समितीले जनाएको छ र