logo
शुक्रबार, साउन २९ २०८३

ज्योति मा. वि. गाउँपालिका कै पहिलो वालमैत्री विध्यालय घोषणा


  • उमानाथ भण्डारी
  • आइतबार, फाल्गुन २२ २०७८

  • कमल, फागुन २२÷ झापाको कमल गाउँपालिकाले वडा नम्वर २ स्थित ज्योति माध्यमिक विध्यालय गाउँपालिका कै पहिलो वालमैत्री विध्यालय घोषणा भएको छ ।

    कमल गाउँगालिकाले आगामी फागुन मसान्त सम्ममा कमल गाउँपालिकालाई वालमैत्री स्थानिय शासनयुक्त स्थानिय तहका रुपमा घोषणा गने प्रतिवद्धता जनाए अनुसार गाउँपालिकामा भएका २१ वटा सामुदायकि विध्यालय मध्ये सबै भन्दा पहिले ज्योति माध्यमिक विध्यालयले सबै सुचक पुरा गरेकोले बालमैत्री विध्यालयका रुपमा कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले घोषणा गर्नु भएको हो ।
    ं गाउँ कार्यपालिकाको २०७७ साल फागुन १२ गते बसेको बैठकको निर्णय अनुसार बालमैत्री घोषणा का लागी आवश्यक ५१ वटा सुचक पुरा गरी पहिलो हुने सामुदायीक विध्यालयलाई रु १ लाख ५० हजार नगद दिने घोषणा भए अनुसार विध्यालयले सो रकम समेत प्राप्त गरेको छ ।
    “खुशी राखँै बालबालिकाको मुहार,बालमैत्री कमल समृद्धिको आधार”भन्ने नाराका साथ २०७८ साल फागुन मसान्त भित्रमा आफ्नो विध्यालयलाई बालमैत्री विध्यालय बनाउनकालागी विगत वर्ष देखी नै विभिन्न कार्यक्रम सन्चालन गर्दै आएको थियो । विध्यालयलाई यो अवस्थासम्म ल्याएर गाउँपालिका कै पहिलो वाल मैत्री विध्यालय बनाउनका लागी दिनरात लाग्नुहुने विध्यालय व्यवस्थापन समिती, अविभाव , बाल क्लवका विध्यार्थि समेतको महत्वपुर्ण भुमिका रहेको विध्यालयका प्रधानाध्याक नगेन्द्र बस्नेतले बताउनु भयो ।
    कार्यक्रममा जनप्रतिनिधी, विध्यालय व्यवस्थापन परिवार, अविभावक, वालक्लवका सदस्यहरुको उपस्थितीमा विध्यालयलाई पहिलो बालमैत्री विध्यालय घोषणा गरिएको हो ।
    नम्वर २ वडा अध्यक्ष तारा प्रसाद न्यौपानेको अध्यक्षतामा भएको घोषणासभा कार्यक्रममा बालक्लव उपाध्यक्ष युना बस्नेतले स्वागत मन्तव्य राख्नु भएको थियो भने विध्यालयका सहायक प्रधानाध्याक नारायण बस्नेतले सन्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend