logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिकामा प्रदेश स्तरीय प्रथम अध्यक्ष कप फुटवल प्रतियोगिता हुने


  • उमानाथ भण्डारी
  • आइतबार, फाल्गुन १५ २०७८

कमल , फागुन १५ । झापाको कमल गाउँपालिकामा प्रदेश स्तरीय प्रथम अध्यक्ष कप फुटवल प्रतियोगिता हुने छ ।
आगामी फागुन २५ गते बाट गाउँपालिकाको वडा नम्वर ३ स्थित खेल मैदानमा सुरुहुने प्रतियोगितामा प्रदेश नम्वर १ का ८ वटा टिम सहभागी हुने आज गाउँपालिकाको सभाहलमा भएको पत्रकार सम्मेल मार्फत कमल गाउँपलिका खेलकुद विकास समितीका सदस्य सचिव सुर्य प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
कमल गाउँपालिकामा रहेका खेलाडीहरुको पैचानगरी उनहिरुको क्षमता विकासका गर्ने ,स्थानिय खेलाडीको क्षमता विकासका लगी गाउँपालिकाले बजेट विनियोजन गरेको छ । यसका साथै विनियोजित रकमले राष्ट्रपति रनिङ्ग शिल्ड सन्चानलका साथै विभिन्न प्रतियोगिता सन्चालन गर्ने गरेको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।
कमल गाउाँपलिकाले विभिन्न समयमा प्रतियोगिता सन्चालन गर्दै आई रहेको छ । गाउँपालिकाले आयोजना गरेका विभिन्न प्रतियोगितामा उत्कृष्ट खेलाडीले वाहिर गएर पनि आफ्नो उत्कृष्ट प्रदर्शन गर्न सफल भएका छन् यो कमल गाउँपालिकाको खेलकुदको क्षेत्रमा भएको राम्रो काम हो । तर यसलाई अझै व्यवस्थित र खेलकुदलाई मर्यादित बनाउन आवश्यक छ , यसकालागी आर्थिक वर्षको सुरुमै कुन प्रतियोगिता कहिले सन्चालन गर्नेको र त्यसकालागी आवश्यक बजेट  विनियोजन गर्न सके अझै राम्रो संग प्रतियोगिता सन्चालन गर्न सकिने कमल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काजिमान राईले बताउनु भयो ।


प्रतियोगितमा प्रथम हुने टिमले नगद २ लाख सहित ट्रफि,मेडल र प्रमाणपत्र पाउने छ भने द्वतिय हुने टिमले नगद १ लाख सहित ट्रफि,मेडल र प्रमाणपत्र पाउने छ । त्यसैगरी म्यान अफ द म्याच प्रत्यक खेलमा हुनेले नगद २५ हजार  सहित ट्रफि,मेडल र प्रमाणपत्र , विधागत पुरस्कारमा जनहि ३ हजार नगद सहित ट्रफि,मेडल र प्रमाणपत्र र सर्वोत्कृष्ट खेलाडीले नगद ५ हजार  सहित ट्रफि,मेडल र प्रमाणपत्र पाउने कमल गाउँपलिका खेलकुद विकास समितीका संयोजक चतुर्भुज सुवेदीले जानकारी दिनुभयो ।
प्रतियोगिताको फाईनल खेल २०७८ साल चैत २ गते सम्पन्न हुने छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend