logo
शुक्रबार, साउन २९ २०८३

श्रीमानको उपचारमा सहयोग गर्न कमलाको अनुरोध


  • उमानाथ भण्डारी
  • आइतबार, फाल्गुन १५ २०७८

कमल , फागुन १५ । उपचार अभावका कारण झापा कमल का एक व्याक्ति मृत्यु सँग जुधीरहेका छन् ।
गाउँपालिकाको वडा नम्वर ३ का ५४ वर्षिय देउ कुमार राई विभिन्न रोगका कारण विगत ३ महिनादेखी थलिएका छन् । राईलाई कलेजो ,मृगौला, जन्डिस लगाएतका रोगले च्यापेका कारण अहिले मृत्यु सँग जुधीरहेका छन् ।
आर्थिक अवस्था अत्यन्तै कमजोर भएका राईको उपचारका लागी अहिले सम्ममा ६ लाख रुपैया भन्दा बढी खर्च भएको र अब श्रीमानको उपचार कसरी गर्ने भन्ने चिन्तामा रहेकोले सबैलाई श्रीमानको उपचारमा सहयोग गरिदिनुहुन श्रीमती कमला देबी राईले अनुरोध गर्नुभयो ।
आर्थिक अवस्था कमजोर भएका राईले जसोतसो परिवारको गर्जाे टार्दै हुनुहुन्थ्यो तर अचानक विरामीले च्यापेपछि अहिले ओक्षेन पर्नु भएको छ । भएको पैसापनि उपचारमा सकियो अब थप उपचार गर्न ३० देखी ३५ लाख रुपैया लाग्ने डाक्टरको भनाई छ । अव यती ठुलो रकम कसरी जुटाउने भन्नेमा चिन्ता रहेको विरामी देउ कुमार राई बताउनुहुन्छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend