logo
शुक्रबार, साउन २९ २०८३

कमलमा राष्ट्रिय हात्तिपाईले रोग निवारण अन्तरगत पालिका स्तरिय योजना तथा बहुनिकाय गोष्ठी सम्पन्न


  • कुइनेटो न्युज
  • बिहिबार, फाल्गुन १२ २०७८

उमानाथ भण्डारी

कमल ,फागुन १२÷ झापाको कमल गाउँपालिकामा राष्ट्रिय हात्तिपाईले रोग निवारण अभियान २०७८ अन्तरगत पालिका स्तरिय योजना तथा बहुनिकाय गोष्ठी सम्पन्न भएको छ ।
क्युलेस नामक लामखुट्टेको टोकाई बाट यो रोग मानिसमा सर्ने गर्दछ । नेपालका ७७ वटा जिल्ला मध्ये ६१ जिल्लमा यो रोग नियमित देखीने गरेको छ ।
यो रोग बाट हाल झापामा २ सय ८६ जना विरामी रहेका छन् । जस अन्तरगत हात्तिपाईका १ सय ४० र हाईड्रोसीलका लक्षण देखीएका १ सय ४६ जना व्याक्ति रहेको स्वस्थ्य कार्यलय झापाले जनाएको छ ।
विषेश गरेर भारत संग सिमाना जोडिएका जिल्लमा यो रोग बाट बढी प्रभावित हुने गरेको छ । नियमित औषधी सेवन नगरेका कारणले अहिले सम्म यो रोग पुर्ण रुपमा हटेको छैन । अहिले पनि नेपालमा प्रति १ सय जनामा ३ जना रोगी भेटीने गरेको स्वस्थ्य कार्यलय झापाका प्रमुख योगराज घिमिरेले बताउनु भयो ।
आम मानिसलाई हात्तिपाईले रोग विरुद्धको औषधी सेवनका लागी अभियान सन्चालन गरेको १० वर्ष भईसक्दा अझै पनि कतिपय माननिसले नियमित औषधी सेवन नगरेका कारण यो रोग पुर्ण रुपमा हटेको छैन । त्यसैले यो वर्ष पनि यहि फागुन २८ गते बाट ११ औ चरणन को आम नागरिकलाई औषधी सेवनको कार्यक्रम रहेको ले हरेक मानिसले अनिवार्य रुपमा औषधी सेवन गरिदिनुहुन स्वस्थ्य कार्यलय झापाका फोकल पर्सन जिवन चौलागाईले बताउनु भयो ।
यो रोगका कारण मानिसको तुरुन्तै मृत्यु नभएपनि शारिरिक अपाङ्गता, सामजिक बहिस्कार जस्ता समस्या हुने गरेको छ । त्यसैले यस बाट बच्ने एक मात्र उपाय भनेको नियमित औषधी सेवन मात्र रहेको छ । हाल यो रोगका कारण विश्वमा १ दशमलव ३ अरब मानिस रोगको संक्रमणको जोखमि मा छन् भने लगभग १२ करोड मानिस संक्रमित भईसकेका छन् ।
कार्यक्रममा उपस्थित जनप्रतिनिधी, संघसस्थाका प्रतिनिधी, शिक्षाक ,कर्मचारी लगाएतको उपस्थिती रहेको थियो । उपस्थित सहभागीलाई कमल गाउँपलिका स्वस्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले आफु पनि औगाधी सेवन गर्ने र आम नागरिकलाई पनि औषधी सेवनकालागी प्रेरीत गर्न अनुरोध गर्नु भयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend