कमल, फागुन १० कमल गाउँपालिका वडा नम्वर ३ ले आज विपन्न दलित परिवारलाई बंगुरका पाठा वितरण गरेको छ ।
वडा मा भएका अति विपन्न दलित परिवारहरु मध्ये वडा स्तरिय टोल विकास सस्था बाट सिफारिस भएर आएका ७ जना ,संयुक्त दलित उपभोक्ता समिती बाट सिफारिस भएका ७ र वडा समितीको सिफारिसमा २ जना गरि जम्मा १६ जना विपन्न दलित परिवारलाई बंगुरका पाठा वितरण गरीएको वडा सदस्य लाल प्रसाद वखिमले जानकारी दिनुभयो ।
वडा बाट वितरण गरिएको वंगुरका पाठा पाउने परिवरमा सविता दर्जि , मानबहादुर रणपहेली, भक्तबहादुर विश्वकर्मा,गिता वि.क.,कुमार वि.क.,पदम कुमारी कामी,दमन्ता सार्कि,कुमारी वि.क.,मन्जु ठटाल,मन्जु विसुंङ्खे,सन्तोस पुर्कुटी,कल्पना दर्जि,कुमार वि.क.,डिल्लि प्रसाद लकान्द्री,देव बहादुर दर्जि विर बहादुर विश्वकर्मा रहेको वडा सचिव सागर दाहालले बताउनु दिनुभयो ।