उमानाथ भण्डारी
कमल, फागुन ९÷ झापाको कमल गाउँपालिकाले वालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहका रुपमा घोषणा अभियान अन्तर्गत विध्यालयको अनुगमन सुरु गरेको छ ।“खुशी राखँै बालबालिकाको मुहार,बालमैत्री कमल समृद्धिको आधार”भन्ने नाराका साथ आगामी फागुन मसान्त सम्ममा गाउँपालिकालाई वालमैत्री स्थानीय शासनयुक्त स्थानीय तहका रुपमा घोषण गर्ने कार्यक्रम अन्तरगत विध्यालयको अनुगमन सुरुगरेको हो ।जनप्रतिनिधी, विषयगत शाखाका प्रमुख, राजनीतिकदलका प्रतिनिधी, संघसस्थाका प्रतिनिधि, संचारकर्मी र सुरक्षाकर्मी सम्मिलित सर्बपक्षिय अनुगमन समितीले अनुगमन गरेको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।
अनुगमनका क्रममा ३ देखी ४ वर्ष सम्मका बालबालिका प्रारम्भिक बालविकास कक्षामा भर्नाभइ टिकाउदर शतप्रतिशत हुनुपर्ने, ५ वर्ष पुरा भएका बालबालिका कक्षा १ मा शतप्रतिशत भर्ना भएको हुनुपर्ने ,५ वर्ष देखि १४ वर्ष उमेर पुगेका वालबालिकाले आधारभुत शिक्षा पुरा गर्नुपर्ने ।प्रत्येक विध्यालयमा खानेपानीको सुविधा हुनुपर्ने, सबै विध्यालयमा पुर्वाधार विकास हुनुपर्ने, विध्यालय हाताभित्र पुर्णरुपमा सरसफई हुनुपर्ने, शिक्षक विध्यार्थी बिचको सम्वन्ध सुमधुर हुनुपर्ने लगायत १६ वटा सुचक पुरागर्नुपर्ने लगायतका विषयमा अनुगमन गरिएको थियो ।
पहिलोपटक गरिएको अनुगमन अन्तरगत वडा नम्वर २ स्थित ज्योति माध्यमिक विध्यालय र वडा नम्वर ४ मा रहेका सरस्वती माध्यमिक विध्यालय, ज्योती आधारभुत विध्यालय र सस्थागत विध्यालय तर्फ फोनिक्स माध्यमिक विध्यालयको अनुगमन गरिएको शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।