उमानाथ भण्डारी
कमल , फागुन ८ । झापाको कमल गाउँपालिका ५ स्थित गुहेश्वरी आधारभुत विध्यालयमा आज एउटै मन्च बाट एकै पटक तिन वटा कार्यक्रम सम्पन्न भएको छ ।
सम्पन्न भएका कार्यक्रम मध्ये कक्षा १ देखी ५ सम्मका छात्रछात्रालाई न्यानो कपडा वितरण ,कक्षा १ देखी ३ सम्मका विध्यार्थिलाई स्टेशनरी तथा कक्षा २ देखी ८ सम्मका विध्यार्थिलाई अक्षयकोष समिती बाट छात्रवृत्ति वितरण गरिएको छ ।
कमल गाउँपालिका र झापाली समाज यु.ए.ई को संयुक्त आयोजनामा विध्यालयमा अध्यायनरत कक्षा १ देखी ५ सम्मका एकसय जना विध्यार्थिलाई न्यानो कपडा अन्तरगत ट्रयाक सुट वितरण गरिएको झापाली समाज यु.ए.ई कमल गाउँपालिकका संयोजक राजेन्द्र दाहालले जानकारी दिनुभयो ।
स्थाई घर झापा भएका युवाहरुले प्रवासमा रहँदा समेत आफ्ना गाउँघरमा रहेका सामुदायीक विध्यमलयको गुणस्तर सुधारका लागी जुन काम गर्नु भएको छ । यसकालागी धन्यवाद दिन चाहान्छु । आज विपन्न परिवारका नानीहरु जाडोको समयमा न्यानो कपडाको अभावमा विध्यालय आउन बाट बन्चित भएको अवस्थाले यसले विध्यार्थिलाई सहयोग पुग्ने कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनु भयो ।
वैदेसिक रोजगारीका क्रममा झापा बाट यु.ए.ई. पुगेका युवाहरुले त्याहाँ समस्यमा परेका युवा हरुको उद्घारका निम्ति २०७२ सालमा सस्था स्थापना गरेको र त्यो सस्थाले अहिले सम्म त्याहँ समस्यामा परेका थुप्रै युवाहरुलाई उद्धार गरेर नेपाल फर्काई सरकेको छ । पछिल्लो समय सामुदायीक विध्यालयमा अध्यायनरत विध्यार्थि विभिन्न कारणले नियमित विध्यालय आउन सक्दैनन् । त्यस मध्ये जाडोको समयमा न्यानो कपडाको अभावमा विध्यालय आउन बाट बन्चित नहुन् भन्ने उद्येश्यले गाउँपालिकाको सहकार्यमा न्यानो कपडा वितरण गरेको झापाली समाज युएई नेपाल सम्पर्क समिती अध्यक्ष दुर्गेश सापकोटाले बताउनुभयो ।
कार्यक्रममा कक्षा १ देखी ५ सम्मका छात्रछात्रालाई न्यानो कपडा वितरण ,कक्षा १ देखी ३ सम्मका विध्यार्थिलाई स्टेशनरी तथा कक्षा २ देखी ८ सम्मका विध्यार्थिलाई अक्षयकोष समिती बाट छात्रवृत्ति वितरण गरिएको थियो । यस्ता कार्यक्रमले सामुदायीक विध्यालमा अध्यायनरत विध्यार्थिलाई ठुलो सहयोग पुग्ने विध्यालयका प्रधानाध्यापक टंक प्रसाद गजुरेलले बताउनुभयो ।
कार्यक्रमा कमल गाउँपालिका वडा नम्वर ५का अध्यक्ष डम्वरबहादुर निरौला, शिक्षा शाखा प्रमुख सुर्यप्रसाद न्यौपाने, विध्यालय व्यवस्थापन समिती सदस्य विष्णु पौडेल, शिक्षक अविभावक संघका अध्यक्ष नन्दप्रसाद न्यौपाने अक्षयकोष समितीका तर्फबाट गिता गजुरेल र ऋषीराज भण्डारी लगायतले शुभकामना मन्तव्यका क्रममा सहयोगी मनहरुलाई धन्यवाद दिनु भएको थियो ।
विध्यालय व्यवस्थापन समितीका अध्यक्ष भोजराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमलाई विध्यालयका शिक्षक मदन अधिकारीले सन्चालन गर्नुभएको थियो ।