logo
शुक्रबार, साउन २९ २०८३

जागरुकले गर्यौ छैटौं वार्षिक साधारणसभाको प्रतिवेदन सार्वजनिक


  • कुइनेटो न्युज
  • मंगलबार, फाल्गुन ३ २०७८

कमल , फागुन ३ । जागरुक कृषि सहकारी सस्था लिमिटेडले छैटौं वर्षिक साधारण सभामा प्रस्तुत गरिने प्रतिवेदन आज मंगलवार बाट सार्वजनिकी करण गरेको छ ।
कमल गाउँपालिका ३ केर्खामा कार्यालय रहेको सहकारीले फागुन ३ देखी ५ गते सम्म हरेक सदस्यालाई प्रतिवेदन वितरण गर्ने र ६ गते सदस्य बाट सुझाव संकलन गरीने सहकारीका अध्यक्ष कमल घिमिरेले जानकारी दिनुभयो । कोभिड १९ का कारण सदस्यलाई एकै ठाउँमा भेला गरी साधारणसभा गर्दा समस्याहुने भएकोले समाजीक दुरी कायम गर्दै प्रतिवेदन वितरण गरिने अध्यक्ष घिमिरेले बताउनु भयो ।
२०७२ सालमा ५ लाख रुपैया शेयर पुँजी बाट सुरु गरेको सहकारीले छैटौं वार्षिक साधारणसभा सम्म आईपुग्दा २७ लाख १५ हजार ७ सय रुपैया शेयर पँुजी पुर्याउन सफल भएको छ भने १५ लाख ३४ हजार २ सय १३ रुपैया कुल नाफा गर्न सफल भएको व्यवस्थापक सुमित दर्जीले जानकारी दिनुभयो । सहकारीले बचत र कर्जाको कारोवार का साथै सदस्यको सुविधाकोलागी रेमिटेन्ट सेवा, बिजुलीको र टेलिफोन को विल भुक्तानी हवाई टिकट लगायतका सेवा समेत सन्चाल गर्दै आएको सहकारीले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend