logo
शुक्रबार, साउन २९ २०८३

३ नम्वर वडा कार्यलय द्वारा कृषकलाई टंकी वितरण


  • कुइनेटो न्युज
  • आइतबार, फाल्गुन १ २०७८

कमल , फागुन १ । झापाको कमल गाउँपालिका वडा नम्वर ३ ले कृषकलाई स्पे्र टंकी वितरण गरेको छ ।
वडामा रहेका कृषक समुह र व्यवसायीक कृषकले लगाएको विभिन्न वालिमा औषधी प्रयोग गर्न सहजहोस भन्ने उद्येश्यले वडा कार्यलयको वार्षिक कार्यक्रम अनुसार टंकी वितरण गरिएको वडा अध्यक्ष नरप्रसाद दंगालले बताउनु भयो ।
वडा बाट प्राप्त टंकीले समुहमा आवद्ध कृषकलाई औषधी प्रयोग गर्न सहयोग पुग्ने दिपज्योती कृषक समुहका अध्यक्ष ज्ञानेन्द्र थापाले बताउनुभयो । त्यसैगरी कृषकको बालीमा लाग्ने विभिन्न प्रकारका रोगकिरालाई टंकीको अभावका कारण औषधी प्रयोग गर्न नसकेका कारण हुने क्षतीलाई न्युनिकरण गर्न सहयोग पुग्ने मकालु कृषक समुहकी उपाध्यक्ष मान्डुका नेपालले बताउनुभयो ।

← Back

Thank you for your response. ✨

वडाबाट बितरण गरिएका २१ थान टंकीले वडामा भएका १४ वटा समुहमा आवद्ध ५ सय जना भन्दा बढी कृषकलाई सेवा पुग्ने वडा सचिव सागर दाहाल बताउनुहुन्छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend