logo
शुक्रबार, साउन २९ २०८३

कमल नगर जेसीजकोे छैटौं पदस्थापन तथा सम्मान समारोह सम्पन्न


  • कुइनेटो न्युज
  • आइतबार, फाल्गुन १ २०७८

कमल , फागुन १ । कमल नगर जेसीजकोे छैटौं पदस्थापन तथा सम्मान समारोह सम्पन्न भएको छ ।


शनिवार सम्पन्न पदस्थापन तथा सम्मान समारोहको उद्घाटन कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले गर्नु भएको थियो ।
वर्ष २०२१ का अध्यक्ष जेसी छत्रपती खनालले वर्ष २०२२ का नवनिर्वाचित अध्यक्ष जेसि नारायण बस्नेतलाई चेन हस्तान्तरण पछि सफथ

गराउनु भएको थियो ।
त्यसपछि नवनिर्वाचित अध्यक्ष बस्नेतले कार्यकारी उपाध्यक्ष जेसी देबराज भण्डारी (महेश),जेसी विध्या सापकोटा (मिलन), उपाध्यक्ष जेसी हरि अधिकारी,जेसी रोशन गौतम,जेसी प्रभात मण्डल,र जेसी लोकबहादुर खड्का महासचिव जेसी भिम अधिकारी,सचिव जेसी नविन भण्डारी,प्रकरण निर्देशक जेसी कमला दाहाल,कानुनि सल्लाकार जेसी देवि प्रसाद दाहाल कोषाध्यक्ष जेसी प्रविण खड्का, अध्यक्षको सल्लाहकारमा जेसी रिजु कार्कि तालिम निर्देशकमा जेसी मिना कठायत र जनसंम्पर्क अधिकारी जेसी दिनेश चौहानलाई सफथ गराउनु भएको थियो ।
नव निर्वाचित अध्यक्ष जेसी नारायण बस्नेतले आफ्नो स्वकारयुक्ति मन्तव्यका क्रममा समय , शसक्तिकरण तथा व्यवस्थापनलाई सधै साथमा लिएर अगाढी बढ्ने प्रतिवद्धता जनाउदै आफुलाई अध्यक्षमा निर्विरोध निर्वाचित गराउन सहयोग गर्नुहुने सम्पुर्ण जेसीजमनलाई धन्यवाद दिनुभयो ।
कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले, मरिससकालागी महावाणिज्यदुत गणेश कार्कि, पुर्व अध्यक्षका बाट केदार कटुवाल, सस्थापक अध्यक्ष रुपनारायण न्यौपाने लगायत ले कमल नगर जेसीजले गरेको सामाजिक कामको प्रशंसा गर्दै नवनिर्वाचित समितीलाई बधाई तथा कार्यकालसफलताको शुभकामना दिनुभएको थियो ।
सोहिकार्यक्रममा प्रेम सापकोटा र विष्णु भक्त लामिछानेलाई आजिवन सदस्य र गणेश कार्किलाई मानार्थ सदस्य समेत प्रदान गरिएको थियो ।आजिवन सदस्य तथा जेसीज भवन निर्माणकालागी जग्गा प्रदान गर्ने जग्गादाता लेखनाथ खतिवडालगायत जेसीजलाई विभिन्न क्षेत्र बाट सहयोग गर्ने एकदर्जन भन्दा बढी व्याक्तिलार्य सम्मान तथा पुरस्कृत गरिएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend