logo
शुक्रबार, साउन २९ २०८३

आन्तरिक उडान १७ गतेबाट सुरु हुने, लामो दूरीको यातायात कहिलेबाट खुल्छ ?


  • कुइनेटो न्युज
  • मंगलबार, असार १५ २०७८

अनलाइनमार्ग डेस्क १५ असार, २०७८

काठमाडौं । कोरोनाभाइरसको महामारीका कारण सरकारले गरेको निषेधाज्ञा खुकुलो पारिएको छ । काठमाडौं उपत्यकामा आजबाट जोर–बिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालनमा आएका छन् । २५ सिटभन्दा माथिका सार्वजनिक सवारी जोर–बिजोरमा चल्न थालेका हुन ।

काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालनमा आइसकेकाले देशभर लामो दूरीका बस कहिलेबाट सञ्चालन होला भन्ने चासो सबैतिर छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहाल लामो दूरीका यातायात सञ्चालनबारे छलफल नभएको बताउँछन् ।

उनका अनुसार १७ गतेबाट आन्तरिक उडान सुरु हुनेछ । उपत्यकासहित विभिन्न जिल्लामा जिल्लाभित्रै सार्वजनिक यातायात भने सञ्चालन भइसकेका छन् ।

उपत्यकामा गएको वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ । गृह मन्त्रालयका अनुसार कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि ७५ जिल्लामा निषेधाज्ञा जारी छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend