logo
शुक्रबार, साउन २९ २०८३

नागा चैतन्यको बलिउडमा डेब्यू


  • कुइनेटो न्युज
  • बिहिबार, असार १० २०७८

तेलगु फिल्मका सुपरस्टार नागा चैतन्य बलिउडमा डेब्यू गर्ने भएका छन् । नागा चैतन्य आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ मा काम गर्ने भएका छन्।

छिट्टै नागाले फिल्मको शुटिंग आमिर खानसँग लद्दाखमा गर्ने भएका छन्।

तेलगु सुपरस्टार नागा चैतन्य दक्षिण फिल्म उद्योगको निकै सफल अभिनेता मानिन्छ । नागा चाँडै आमिरसँग लद्दाख र कारगिलमा शूटिंग सुरु गर्नेछन् । यो शुटिंग लगभग 45 दिनसम्म चल्नेछ र आमिर खान पनि त्यहाँ टोलीसँगै पुगेका छन्।

भनिन्छ कि यस भूमिकाका लागि पहिले  विजय सेतुपतिलाई  अपरोच गरिएको थियो। यद्यपि केही कारण ले गर्दा, उनले यो भूमिका निभाउन सकेनन्।

एक स्रोतका अनुसार नागा र आमिरले यस फिल्मका लागि केही महत्त्वपूर्ण  युद्धका दृश्यहरु फिल्ममा हुने बताइएको छ। शूटिंग चाँडै सुरु हुनेछ ।

फिल्म  ‘लाल सिंह चड्ढा’ हलिउडको यादगार फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी रिमेक हो। आमिर फरेस्ट गम्पको भूमिकामा निभाउदै छन्।  भने नागा चैतन्य बेन्जमिल ब्यूफोर्ड ब्लू उर्फ ​​बब्बाको भूमिका निभाउने छन् ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend