logo
शनिबार, साउन ३० २०८३

निर्वाचनको मिती नजिकिदै गर्दा दलका उमेद्वर घर दैलो कार्यक्रममा व्यास्त


  • कुइनेटो न्युज
  • शुक्रबार, बैशाख १६ २०७९

कमल ,बैशाख १६

आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको मिती नजिकिदै जाँदा दलहरुले प्रचार प्रसारलाई तिव्रता दिएका छन् ।
‘आयो सूर्य आयो’ भन्दै विभिन्न जनवादी गीत गाउँदै, नाच्दै, रमाउँदै स्थानीय जनताले यसपाली मेयरसहित सबै पदमा सूर्य ध्वजावाहक उम्मेद्वारहरुलाई जिताउने भन्दै आज नेकपा एमाले कमलले गाउँपालिकाको अध्यक्ष ,उपाध्यक्ष र ३ नम्वर वडाका उमेद्वर सहितको टोलिले मतदाताको घरघरमा पुगेर आफुलाई मतमागेका छन् ।
आफुले २०३६ साल देखी नै एमाले भएको र देश र जनताको भलो चाहाने पाटी नै एमाले भएकोले एमालेलाई मतदान गर्ने स्थानिय सुरेस गोर्खाली बताउनु हुन्छ ।
देशको विकास गर्ने पाटी नै एमाले हो गठ बन्धनलाई दिदा कुन चिन्नमा कस्लाई दिने भन्ने तय नभएकोले आफुले त एमाले लाई मतदान गर्ने स्थानिय लाल गोपाल दंगाल बताउनुहुन्छ
प्रचार प्रसारलाई तिव्रता दिने क्रममा आज कमल गाउँपालिकाको वडा नम्वर ३ को ९ वटै टोलका मतदाताको घरघरमा पुगेर उमेद्वर मत मागेका छन् । फुटेज एफटिभी मा छ

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend