logo
शनिबार, साउन ३० २०८३

वडाध्यक्षलाई कार्यवाहक दिने निर्णण कार्यान्वयन नगर्न अन्तिरिम आदेश


  • कुइनेटो न्युज
  • बुधबार, भाद्र ६ २०८०

कमल । वडाध्यक्षलाई कार्यवाहक दिने झापाको कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राईको निर्णय कार्यान्वयन नगर्न अदालतले आन्तरिम आदेश दिएको छ ।

उच्च अदालत, विराटनगरको इलाम इजलासका न्यायाधीश सोमकान्त मैनालीको एकल इजलासले गाउँपालिका अध्यक्ष राईको भदौ १ गतेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
झापाको चार वटा पालिका गौरादह, गौरीगञ्ज, शिवसताक्षी र कमलका प्रमुख कृषि सम्बन्धि अध्यायन अवलोकन भ्रमणकालागी जापानछन् । विदेश जाने क्रममा शिवसताक्षी नगरपालिकाका मेयर मेघाहाङ थोप्रा (रोशन) र कमल गाउँपालिकाका अध्यक्ष राईले उपप्रमुखको साटो वडाध्यक्षलाई कार्यवाहक दिनु भएको थियो । यसले आफ्नै पदीय तथा व्यक्तिगत मानमर्दन भएको दाबी गर्दै कमल गाउँपालिकाका उपप्रमुख प्रमिला न्यौपाने अदालतमा रिट दर्ता गर्नु भएको थियो ।
मंगलवार उच्च अदालत, इलाम इजलासका न्यायाधीश मैनालीको इजलासले स्थानीय सरकार सञ्चालन ऐनमै ७ दिनभन्दा बढी समय अनुपस्थित हुने भएमा उपाध्यक्षले कार्यभार सम्हाल्ने कानुनी व्यवस्था रहेको र अध्यक्षपछि उपाध्यक्ष स्वत वार्यवाहक अध्यक्ष हुने कानुनि व्यवस्था हुँदाहुँदै गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले वडाध्यक्ष अशोक सुब्बालाई कार्यवाहक दिनु भएकामा सो निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको हो ।
आफुलाई कुनै पदको लोभ नभएको मात्र विधिको शासन स्थापित गर्नकालागी अदालत भएकी हुँ । कानुन र संविधानको मर्म र भावना अनुसार अदालत बाट अन्तरिम आदेश जारी भएकोमा आफुलाई खुशीलागेको गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनु भयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend