logo
शनिबार, साउन ३० २०८३

खेलकुद क्षेत्रमा राजनीति मिसाउनु हुँदैन – मुख्यमन्त्री कार्की


  • कुइनेटो न्युज
  • बिहिबार, चैत्र २३ २०७९

विराटनगर  । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले खेलकुद क्षेत्रलाई राजनीतिमा मिसाउने पक्षमाआफू नरहेको बताउनु भएको छ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सहभागिभई विभिन्न विधादमा पदक विजेता कोशी प्रदेशका खेलाडीहरुलाई सम्मान गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो ।
उहाँले खेलकुद क्षेत्रमा पार्टी र गुटगत राजनीति गर्न नहुने बताउँदै संवैधानिक र कानूनीप्रक्रिया पुर्याएर काम गर्न प्रदेश खेलकुदबोर्डका पदाधिकारीहरुलाई निर्देशन गर्नुभयो ।
त्यसैगरी उहाँले विकास बोर्डलाई चाहिने आवश्यक कर्मचारीको व्यवस्थापन चाँडै गर्ने जानकारी गराउँदै आर्थिक मन्दि आएपनि प्रदेशका खेलकुद गतिविधिलाई प्रभावितहुननदिने प्रतिवद्धता जनाउनु भयो ।
उहाँले खेलकुद क्षेत्रलाई कोशी प्रदेशकै पहिचानको रुपमा अगाडि बढाउन प्रदेश सरकार तयार रहेको बताउँदै झापाको कमल गाउँपालिकामा अवस्थित रङ्गशालालाई आदिवासीजनजाति रङ्गशालाको रुपमानिर्माण गर्न कोशीप्रदेश सरकारले काम सुरु गरिसकेको जानकारी गराउनुभयो ।
उहाँलेभन्नुभयो–‘नेपालको क्रिकेट खेलले ठूलो आशाजगाएको छ, मोरङको वैजनाथपुर स्थित रङ्गशालालाई तीनवर्ष भित्र अन्तराष्ट्रिय स्तरको रङ्गशालाको रुपमा निर्माण सम्पन्न गर्ने गरी कोशी प्रदेश सरकारले काम अगाडि बढाउनेछ ।’
मुख्यमन्त्री कार्कीले कोशीप्रदेश सरकारले आगमी २÷३ वर्ष भित्र खेलकुदको क्षेत्रमा सन्देश दिने गरी काम गर्ने दाबी गर्नुभयो ।
कार्यक्रममा बोल्दै कोशीप्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले राष्ट्रिय स्तरका खेलाडीहरु राष्ट्रिय व्यक्तित्वभएकाले अनुशासनमा ध्यानदिनुपर्ने बताउनुभयो । उक्त सम्मान कार्यक्रमा कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आयोजना र प्रदेश खेलकुदविकास बोर्डको संयोजनमा सम्पन्नभएको थियो ।
कार्यक्रममा विभिन्न विधाका पदक विजेताहरु ललित राजवंशी र दीपेश कँडेललाई एक लाख ११ हजार १११, सञ्जय राईलाई ३० हजार , प्रिय राईलाई एक लाख नगद डेनिका राईलाई २५ हजार , सागर यादव १५ हजार , निमा जिसीलााई १५ हजार, अंशु मण्डललाई , रंजु चौधरी,र पूजा चौधरीलाई पाँचहजार नगद सहित सम्मानगरिएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend