कमल ÷ कोशी प्रदेश सरकारको २५ औं मन्त्री परिषद बैठक सोमबार सम्पन्न भएको छ ।
मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान, कलबल्गुडी झापा को रिक्त रहेको निर्देशक पदमा अर्को ब्यवस्था नहुन्जेल सम्मकालागि निर्देशकका रुपमा प्रदेश सचिव कृष्ण सापकोटा लाई तोक्ने निर्णय गरेको छ ।
त्यसैगरी पर्यटन, वनवातावरण मन्त्रालयद्वारा पेश गरिएका प्रदेशवातावरण संरक्षण ऐन २०७६ र प्रदेशवन ऐन २०७७ लाई संसोधन विधेयकलाई प्रदेश सभामा पेश गर्न स्वीकृतिप्रदान गर्ने निर्णय गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस्तै मन्त्री परिषद बैटकले आर्थिक मामिला तथा योजनामन्त्रालयद्वारा पेश गरिएको समपुरक अनुदानकार्यविधि संसोधन प्रस्तावपारित गर्ने समेत निर्णय गरेको छ भने प्रदेश नामाकरणमा भुमिका खेल्ने प्रदेश सभा सभामुख, उपसभामुख, प्रदेश सभा सदस्यहरु, प्रदेश सभा सचिवालय, प्रदेश सभामाउपस्थित सम्पुर्ण राजनीतिकदलहरु लाई धन्यवाद ज्ञापन गर्दै कोशी प्रदेशवासीलाई हार्दिक बधाई ज्ञापन गर्ने निर्णय गरेको छ ।
कोशीप्रदेश नामकरणका सम्बन्धमा २०७९ साल चैत्र गते विराटनगरमा भएको विरोध कार्यक्रममा सहभागिभई चैत १० गतेका दिन पदमलिम्बु ( लाजेहाङ) को दुःखद निधन प्रति गहिरो दुःखव्यक्तगर्दै मृतक लिम्बू प्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्नुका साथै मृतकका ं परिवारजनमा गहिरो दुःख एवम् हार्दिक समवेदना व्यक्त गर्दै तत्काल राहत स्वरुप मृतकका परिवारलाई रु तीन लाख रुपैया उपलब्ध गराउने र यस सम्बन्धमा नेपाल सरकारद्वारा गठित छानवीन समितिलाई सहजीकरण गर्ने लगायतका निर्णय गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।