logo
शनिबार, साउन ३० २०८३

मदन भण्डारीको जन्मजयन्ती तथा वृक्षारोपण दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री कार्की र पूर्व मुख्यमन्त्री थापा द्वारा संयुक्त रुपमा वृक्षारोपण


  • कुइनेटो न्युज
  • शनिबार, असार १४ २०८२

विराटनगर । जननेता मदन भण्डारीको जन्मजयन्ती तथा वृक्षारोपण दिवसको अवसरमा आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की र पूर्व मुख्यमन्त्री उद्धव थापाले संयुक्त रुपमा वृक्षारोपण गर्नुभएको छ।

आज बिहान मुख्यमन्त्री निवासको प्राङ्गणमा उहाँहरुले संयुक्त रुपमा विक्षारोपण गर्नुभएको हो। सो अवसरमा मुख्यमन्त्री कार्कीले वृक्षारोपणले पर्यावरण र वातावरण संरक्षणमा सहयोग पुग्ने बताउनुभयो। मुख्यमन्त्री कार्कीले नेपालको सामाजिक तथा राजनीतिक आन्दोलनमा मदन भण्डारीको योगदान अतुलनीय रहेको बताउनुभयो।

उहाँले नेपालको राजनीतिक परिवर्तनका लागि मदन भण्डारीले खेल्नुभएको भूमिका संसारका लागि उदाहरणीय भएको चर्चा गर्दै नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन गर्नुभएको योगदान सधैं स्मरणीय हुने बताउनुभयो।

आज मदन भण्डारीको जन्मजयन्ती र वृक्षारोपण दिवस कोशी प्रदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend