logo
शनिबार, साउन ३० २०८३

पारी तरकारी पसलमा ‘वन्ली फर सेल नेपाल’ लेखेको पाइन्छ : मन्त्री कार्की

उपभोक्ता जागरण अधिवेशन


  • कुइनेटो न्युज
  • आइतबार, भाद्र ३० २०८१

झापा । खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले पारी (भारत) तरकारी पसलतिर ‘वन्ली फर सेल नेपाल’ भनेर पोष्टर टास्ने गरेको बताउनुभयो ।

शनिवार बिर्तामोड स्थित सेन्टर पोइन्ट पार्टी प्यालेसमा उपभोक्ता जागरण अभियान नेपालको तेस्रो केन्द्रीय राष्ट्रिय अधिवेशनको प्रमुख अतिथिको रुपमा उद्घाटन गर्दै वहाँले त्यस्तो बताउनु भएको हो ।

‘अखाद्य वस्तुको प्रयोगले विरामीको संख्या बढ्न थालेको छ’, मन्त्री कार्कीले भन्सभयो–‘भारतको जुनसुकै ठाउँमा नेपाल पठाउने तरकारीमा वन्ली फर सेल नेपाल लेखिएको हुन्छ । विषादी भएको वस्तु चाहिँ नेपालीलाई पठाउने गरेको छ । पारी त भयो । यता झापामा पनि काँचो केरा, लट्टेको सागमा उच्च मात्रामा विषादी पाइएको छ । प्रत्येक घरमा क्यान्सर पीडित भेटिन थालेका छन् ।’

वहाँका अनुसार नेपाल डब्लुटिओको सदस्य भएकाले भारतलाई केहि भन्न सकिन्न । खान लायक छ कि छैन भन्सारमा जाँच गर्नुपर्छ । विषादी प्रयोग गर्न, खान हुन्छ कि हुँदैन भनेर विद्यालयको कोर्समा नै राख्नु पर्छ ।

उपभोक्तावादी संघ–संस्थाले निरन्तर खवरदारी गर्नु पर्ने र स्थानीय सरकारले अनुगमनलाई तिव्र बनाएर त्यस्तो अखाद्य वस्तु भेटे स्पोटमा कारवाही गर्नुको विकल्प नहुने वहाँको जोड थियो ।

अब तरकारीमा पनि ईन्जेक्सन : उपमेयर उप्रेती

कार्यक्रममा मेचीनगर नगरपालिका उपमेयर मीना पोखरेल उप्रेतीले डाक्टरले मात्र विरामीलाई ईन्जेक्सन लगाउने गरेका थिए अब तरकारीमा पनि ईन्जेक्सन लगाउन सुरु भएकोमा चिन्ता व्यक्त गर्नुभएको थियो ।

सूचना दिनेको नाम गोप्य :  उपमेयर संग्रौला

बिर्तामोडका उपमेयर नगेन्द्रप्रसाद संग्रौलाले भारत वा काहिँबाट पनि विषादी भएको वस्तु कसैले ल्याएमा नाम गोप्य राख्ने गरी सूचना दिन जनतालाई आग्रह गर्नुभएको छ । त्यस्तो फेला परेको सूचना पाए कानून अनुसार जरिवना र दण्ड गरिने वहाँको भनाई छ ।

उनले खाद्य तथा नाप तौल कार्यालय बिर्तामोडमा नभएकोले तत्काल राख्ने व्यवस्था मिलाईदिन मन्त्री कार्की माग गर्नुभयो ।

कार्यक्रममा उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय सल्लाहकार केदार कोइराला, नेकपा माओवादी केन्द्रका कोशी प्रदेश कमिटी सदस्य कुवेर श्रेष्ठ, उपभोक्ता मञ्च झापाका अध्यक्ष वेदप्रकाश अग्रवाल, चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य ओमप्रसाद विमली लगायतले विषादीयुक्त वस्तु किनबेच र प्रयोगमा सबै सजग हुनु पर्नेमा जोड दिनुभएको थियो ।

उपभोक्ता अदालत गठन गर्नुपर्छ : मार्सेली

उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले अध्यक्षतासहित प्रतिवेदन प्रस्तुत गर्नुभउको थियो । वहाँले जनतालाई सचेत र सरोकारवालालाई सगज बनाउन सरकारलाई उपभोक्ता अदालत गठन गर्न समेत माग गर्नुभएको थियो ।

जनप्रतिनिधिप्रति लक्षीत गर्दै अध्यक्ष मार्सेलीले भने–‘हाम्रो काम भुक्ने हो । तपाईहरु टोक्नुहोस् । दिनभरि–रातभरि हामी भुक्ने । तर, तपाईहरु सुतिदिनु भयो भने समस्या हुन्छ । अहिलेसम्म भएको यथार्त त्यहि हो ।’

महासचिवको प्रतिवेदन केन्द्रीय सदस्य रामजनक कटुवालले प्रस्तुत गर्नुभएको थियो । उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय उपाध्यक्ष सुशीलाकुमारी दवाडी सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन झापा सचिव विशाल थापाले गर्नुभएको थियो ।

 

उपभोक्ता जागरण अभियानको केन्द्रीय अध्यक्षमा पु न : ‘मार्सेली’

झापा, २९ भदौ । उपभोक्ता जागरण अभियान नेपालको तेस्रो राष्ट्रिय अधिवेशनले पुनः कृष्णप्रसाद भण्डारी मार्सेलीको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन गरेको छ ।

आज बिर्तामोड स्थित सेन्टर पोइन्ट पार्टी प्यालेसमा उपभोक्ता जागरण अभियान नेपालको तेस्रो केन्द्रीय राष्ट्रिय अधिवेशनले अध्यक्ष मार्सेलीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले उपाध्यक्षहरुमा सुशीलाकुमारी दवाडी सुवेदी, राजेन्द्रकुमार घिमिरे र रोहितकुमार दाहाल, महासचिवमा चिन्तामणि पराजुली, सचिवद्वयमा शान्ता घिमिरे र रामजनक कटुवाल, सहसचिवमा बद्रीविशाल घिमिरे र कोषाध्यक्षमा केशवप्रसाद चापागाई चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा लक्ष्मण थापा, सहदेवप्रसाद बाँस्तोला, मणिकुमार अर्याल, यज्ञ शर्मा, मोहन काजी, निलकण्ठ तिवारी, मुरारी वस्ती र प्रेमप्रसाद घिमिरे रहेका छन् ।

उपभोक्ता जागरण अभियान झापाको अध्यक्षमा भट्टराई

उपभोक्ता जागरण अभियान नेपाल झापाको प्रथम अधिवेशनले शालिकराम भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

आज बिर्तामोड स्थित सेन्टर पोइन्ट पार्टी प्यालेसमा उपभोक्ता जागरण अभियान नेपाल पहिलो जिल्ला अधिवेशनले अध्यक्ष भट्टराईको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

भट्टराई नेपाल सरकारका अवकास पूर्व अधिकृत हुनुहुन्छ । कर्मचारीवृत्तमा एक इमानदार र असल राष्ट्रसेवकका रुपमा परिचित छन् ।

अधिवेशनले उपाध्यक्षमा इन्द्र ओली, सचिवमा विशाल थापा, सहसचिवमा कल्पना भट्टराई र कोषाध्यक्षमा शेखरनाथ अधिकारी चयन हुनुभएको हो ।

त्यस्तै सदस्यहरुमा अर्जुन कार्की, कमला शिवाकोटी, धमेन्द्रकुमार गुत्ता, राजन पौडेल, विदुर तिवारी, थिरप्रसाद खतिवडा, उदयनारायण ढुंगाना र रमेश खरेल रहेका छन् ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend