logo
शनिबार, साउन ३० २०८३

कमल गाउँपालिका द्वारा सशस्त्र प्रहरीलाई विपतका सामाग्री हस्तान्तरण


  • कुइनेटो न्युज
  • मंगलबार, असार १९ २०८१

कमल । झापाको कमल गाउँपालिकाले सशस्त्र प्रहरी वल लाई विपतको सामाग्री हस्तान्तरण गरेको छ ।

विपत् आइपरेका वेला उद्धार लगायतका कार्यमा सहयोग पुगोस भन्ने उदेश्यीयले कमल गाउँपालिकाले सशस्त्र प्रहरी वल ३८ नम्वर रिजर्व गणलाई विपतको सामाग्री हस्तान्तरण गरेको हो।

गाउँपालिकाले कार्यालय परिसरमा कार्यक्रमको आयोजना गरी कमल गाउँपालिका १ स्थित रिजर्व गणलाई गाउँपालिका अध्यक्ष हुकुमसिंह राई ,उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी र प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यले गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक (एसपी ) निवन कुमार खड्कालाई विपतका सामाग्री प्रदान गर्नु भएको थियो ।

रिजर्व गणलाई प्रदान गरिएका सामाग्रीमा स्वीमङ हेलमेट, लाइफ ज्याकेट,नरमल गोलेप्स पुली,साधारण पुली अन्य सुरक्षा सम्वन्धी उपकरण लगायतका सामग्री प्रदान गरिएको र सो सामानको मुल्य १ लाख ७९ हजार रुपैया वरावरको रहेको प्रमुख प्रशासकीय अधिकृत शाक्यले बताउनु भयो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend