कमल। कमल गाउँपालिकाको केर्खामा आधारभुत पत्रकारिता तालिम सुरु भएको छ ।
कुइनेटो मिडिया प्रा. लि. को आयोजना तथा कमल गाउँपालिका ३ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो ।

नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा आज बाट सुरु भएको तालिम २८ गते सम्म सञ्चालन हुनेछ ।
तालिममा कमल गाउँपालिका ३ नम्बर वडा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १० देखी १२ कक्षा सम्म अध्ययनरत २५ जना विद्यार्थी सहभागी रहेका थिए ।
तालिममा सहभागी विद्यार्थीलाई किङ एफ एम दमकमा स्टेसन मेनेजर मनकुमार गदाल, हिमशिखर टेलिभिजन तथा रेडियो हिमशिखरका समाचार शाखा प्रमुख सुदीप अधिकारी र महेन्द्र रत्न माध्यमिक विद्यालय कमल २ का शिक्षक विष्णु प्रकाश निरौलाले प्रशिक्षण दिनुहुने छ । 
कुइनेटो मिडिया प्रा.लि. का अध्यक्ष तथा कार्यकारी सम्पादक उमानाथ भण्डारीको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी र नवोदय बहुउद्देश्यीय सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष बलराम गजुरेल लगायतले तालिम सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम उमेश पोख्रेलले सञ्चालन गर्नु भएको थियो भने रविन सुब्बाले शाब्दिक शब्द द्वारा स्वगत मन्तव्य राख्नु भएको थियो ।