logo
बिहिबार, कार्तिक १३ २०८३

कमलमा ज्येष्ठ नागरिकलाई सम्मान


  • कुइनेटो न्युज
  • बुधबार, कार्तिक १२ २०८३

कमल। झापाको कमल गाउँपालिकामा  ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

गाउँपालिका महिला तथा बालबालिका शाखाद्वारा सातवटै वडामा रहेका   ८५ देखि ९० वर्षमाथिका  एक सय १०  जना ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम आज बाट सुरू गरिएकाे हाे ।

सम्मान कार्यक्रम अन्तर्गत आज  पहिलो दिन वडा नं. ५ र ६ मा रहेका जेष्ठ नागरिकलाई  सम्मान  गरिएको हाे ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष हुकुमसिंह राई  र उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले ज्येष्ठ नागरिकलाई दोसल्ला, फाइबर सिरक र ड्राइफुड प्रदान गरी संयुक्त रूपमा सम्मान गर्नुभएको थियो।

ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम   अन्तर्गत  भाेली (विहिवार) वडा नम्बर  १ र २ मा रहेका जेष्ठ नागरिक लाई  सम्मान गरिने र त्यसपछि  क्रमस सबै  वडाका जेष्ठलाई   सम्मान गरिने   शाखा प्रमुख रीता कार्कीले जानकारी दिनुभयो।

ज्येष्ठ नागरिकको योगदानको कदर गर्दै उनीहरूप्रति सम्मान र अपनत्व अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend