logo
शनिबार, साउन ३० २०८३

कमल गाउँपालिकाको चालू आ.व.मा ८२.२१ प्रतिशत बजेट खर्च


  • कुइनेटो न्युज
  • शुक्रबार, असार २६ २०८३

कमल ।   झापाको कमल गाउँपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल विनियोजित बजेटको ८२ दशमलव २१ प्रतिशत खर्च भएको  छ।

गाउँपालिकाका अनुसार चालु खर्च तर्फ ८३ दशमलव ५१ प्रतिशत र पुँजीगत खर्च तर्फ ७९ दशमलव ९५ प्रतिशत बजेट खर्च भएको  गाउँ पालिकाले जनाएको छ ।

आर्थिक वर्षको अन्त्यसम्म विकास आयोजना, सेवा प्रवाह तथा प्रशासनिक कार्यलाई तीव्रता दिँदा समग्र खर्च सन्तोषजनक रहेको गाउँपालिकाको भनाइ छ।

प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले बजेट कार्यान्वयनमा सबै शाखा तथा जनप्रतिनिधि,उपभोक्ता समिति ,निर्माण व्यवसायी  लगायतको   समन्वयले मात्र बजेट कार्यान्वयन  प्रभावकारी रहेकाले अपेक्षा अनुसार खर्च भएको बतउनु भयाे । वहाँ ले आगामी वर्ष खर्चको मात्र होइन, गुणस्तर, पारदर्शिता र नतिजामुखी विकासमा विशेष जोड दिइने  समेत प्रमुख ढकालले जानकारी  दिनुभयो ।

लेखा अधिकृत श्रृजना राईले वित्तीय अनुशासन, समयमै भुक्तानी प्रक्रिया र नियमित अनुगमनका कारण बजेट कार्यान्वयन प्रभावकारी बनेको बताउनुभयाे। वहाँले विकास आयोजनाको वित्तीय व्यवस्थापनलाई थप सुदृढ बनाउँदै आगामी वर्ष अझ प्रभावकारी रूपमा बजेट खर्च गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend