logo
शनिबार, साउन ३० २०८३

कमल कोशी प्रदेशको पहिलो बालमैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषणाको एक वर्ष पुरा


  • उमानाथ भण्डारी
  • आइतबार, माघ २० २०८१

कमल । झापाको कमल गाउँपालिका कोशी प्रदेशको पहिलो बालमैत्री पालिका घोषणा भएको एक वर्ष पुरा भएको अवसरमा आज विभिन्न कार्यक्रम गरेर पहिलो बालमैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषणा दिवस २०८१ मनाइएको छ ।

गाउँपालिकालाई गत वर्ष आजकै दिन कोशी प्रदेशको पहिलो स्थानीय शासन युक्त गाउँपालिका घोषणा गरेको दिनको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको हो ।
कमल २ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा २०८० सालको एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी ,हाजिरी जवाफमा प्रतियोगितामा उत्कृष्ट हुने विद्यालय लाई सम्मान गर्नुका साथै विभिन्न संस्कार संस्कृति झल्किने नृत्य र बालमैत्री सम्बन्धी नाटक प्रदर्शन गरिएको थियो ।


यसरी सम्मानित हुने विध्यार्थी हरुमा सामुदायिक विद्यालय छात्रा तर्फ कमल २ स्थित कमल मदन आश्रित स्मृति माध्यमिक विद्यालयकी छात्रा करिना पौडेल (३.६८ जिपिए) र छात्र तर्फ कमल ५ स्थित मङ्गलमय माध्यमिक विद्यालयका छात्रा सजल घिमिरे (३.७२ जिपिए) तथा संस्थागत विद्यालयमा अध्ययनरत छात्रा तर्फ कमल ३ स्थित निहारिका अङ्ग्रेजी बोर्डिङ स्कुलकी कलिना खड्का र छात्र तर्फ कमल २ स्थित पाथिभरा अङ्ग्रेजी बोर्डिङ स्कुलका प्रसंङ्ग अधिकारीलाई जनही नगद ७० हजार रुपैयाँका साथ प्रमाण पत्र द्वारा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकाल, शिक्षा शाखा प्रमुख सूर्य प्रसाद न्यौपानेले सम्मान गर्नु भएको थियो ।


त्यसैगरी अतिरिक्त कृयाकलाप अन्तरगत माध्यमिक तह तर्फ सञ्चालन गरिएको हाजिरी जवाफ प्रतियोगितामा प्रथम वण्डरलेण्ड बोर्डिङ स्कुल कमल ३, द्वितीय नरेन्द्र जनता माध्यमिक विद्यालय कमल १ तृतीय निहारिका बोर्डिङ स्कुल कमल ३ र सान्त्वना मङ्गलमय माध्यमिक विद्यालय कमल ५ भएको थियो । प्रतियोगितामा विजेता विद्यालयका विधर्मीलाई शैक्षिक सामाग्री द्वारा पुरस्कृत गरिएको थियो ।


कमल गाउँपालिकालाई स्थानीय शासन युक्त गाउँपालिका घोषणा गरेको एक वर्ष पुरा भएपनि अझै धेरै काम गर्न बाँकी रहेको छ । स्थानीय शासन युक्त गाउँपालिका घोषणा गर्दा प्रतिवद्धता जनाएका ५१ वटा सूचक पुरा गर्नका लागी पालिका ,वडा हुँदै टोल विकास संस्था सम्म पुग्न जरुरी छ । यो काम पालिकाले अथवा एउटा विद्यालयले मात्र गरेर पुग्दैन त्यसैले सबै को सहकार्यमा मात्र सूचक पुरा हुने भएकोले सबै लागेमा लक्षमा पुग्न सकिने कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो ।


बालमैत्री पालिका घोषणा गर्नु भन्दा पनि यसलाई दिगोपन बनाउन महत्वपूर्ण हुन्छ । यसका लागी सबैले आ आफ्नो जिम्बेवारी पुरा गर्न आवश्यक रहेको कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकालले बताउनु भयो ।

कार्यक्रमका सभापति तथा कमल वाल संजालकी निमित्त अध्यक्ष अतिक्षा मुखियाले बालमैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषणाको भएको एक वर्ष को अवधीमा भएका कामको संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा एकिकृत समाजबादी पार्टी कमल गाउँ कमिटीका अध्यक्ष होम बहादुर बराल, रास्वका कमल अध्यक्ष केदार चायागाई, मङ्गलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन कुमार बगालेलगायले कमल गाउँपालिकाले पहिलो बालमैत्री स्थानीय शासन युक्त गाउँपालिका घोषणा भएको दिवसका अवसरमा शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक बालक्लवका प्रतिनिधी, छिमेकी पालिकाका वाल संजालका प्रतिनिधी लगायको उपस्थिती रहेको कार्यक्रम कमल बाल संजालकी सचिव भिमकुमारी बस्नेतले सञ्चालन गर्नु भएको थियो भने सचिव आश्मा ढकालले शाब्दिक शब्द द्वारा शुभकामना मन्तव्य राख्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend