logo
शनिबार, साउन ३० २०८३

“उच्च अदालत इलाममा झापाबाटै अनलाइन बहस, ईन्टरनेटको क्षमतामा बृद्दी”


  • कुइनेटो न्युज
  • बुधबार, मंसिर २६ २०८१

चन्द्रगढी ।

उच्च अदालत विराटनगर, इलाम इजलासमा झापा जिल्लाबाट नै बहस पैरवी हुदै आएकोमा आजबाट ईनटरनेटको थप क्षमता बृद्दी गरिएको छ।

सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतबाट अनलाइन (श्रब्यदृष्य) बहसको प्रभावकारिता बृद्दीका लागी निर्देशन भए बमोजिम ईन्टरनेट क्षमता बिस्तार भएको छ।

जिल्ला अदालत झापाले गरेका फैसला उपर चित्त नबुझेर उच्च अदालत विराटनगर इलाम इजलासमा पुनरावेदन गरेका मुद्दा र निवेदनमा बहस पैरवी गर्न झापा जिल्ला अदालतमा भिडियो कन्फरेन्स सेट जडान गरी जुम एप्स मार्फत भिडियो कनफरेन्सबाट बहस हूदै आएको भए तापनि ईन्टरनेटको कमजोर क्षमताका कारण अनलाइन बहसको समयमा आवाज अड्किने रोकिने समस्या आउने गरेको थियो। सर्वोच्च अदालतसंग समन्वय गरी आजबाट २० mbps बाट ४० mbps को ईन्टरनेट जडान गरि बहस शुरु गरिएको भनि झापा जिल्ला अदालतका श्रेस्तेदार किरणकुमार सिंहले बताउनु भयो।

यस प्रविधिको प्रयोगबाट बहसको लागी इलाम जाने झन्झट हटेको र सरोकारवाला न्यायका उपभोक्तालाई न्यायमा सरल, सुलभ र कम खर्चिलो भएको छ। साथै अनलाइन बहसका लागी झापा अदालतको IT शाखामा वा वेवसाइट https://supremecourt.gov.np/court/jhapadc मा राखिएको सम्पर्क नं तथा इलाम इजलास तथा सर्वोच्च अदालत IT शाखामा सम्पर्क राख्नु पर्नेछ भनि अदालत प्रशासनले जनाएको छ।

सर्वोच्च अदालतका तत्कालिन न्यायाधीश श्री अनिल सिन्हाबाट मिति २०८०।२।१७ गते उद्‍घघाटन भै बिद्दान कानुन व्यवसायी अशोककुमार पोखरेलले प्रथम बहस गरी अनलाइनबाट बहस शुरु भएको थियो।

देशभरका अदालतमा गोला प्रक्रियाबाट पेशी सुची निर्धारण र इजलास गठन गरिदै आएको छ भने यसै आर्थिक वर्ष देखी स्वचालित पेशी ब्यबस्थापन पद्धति लागु समेत भइसकेको छ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend