logo
शनिबार, साउन ३० २०८३

लखनपुर खानेपानी को अध्यक्षमा निरौला निर्वाचित


  • उमानाथ भण्डारी
  • मंगलबार, असोज १ २०८१

कमल । लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अध्यक्षमा डम्बरबहादुर निरौला निर्वाचित हुनुभएका छ ।

प्राप्त मत परिणाम अनुसार निरौलाले (९१७) मत प्राप्त गरी विजयी हुनुु भएको छ भने वहाँका प्रतिस्पर्धी उषा भण्डारीले (७४१) मत प्राप्त गरी उपविजेता बन्नु भएको छ ।

त्यसैगरी समितिको उपाध्यक्षमा गंगा प्रसाद पाण्डे (९२२) मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । वहँका प्रतिस्पर्धी प्रमोद कुमार दाहालले (६३६) मत प्राप्त गर्नु भएको थियो ।
त्यस्तै सचिव पदमा भएको निर्वाचनमा हरी प्रसाद घिमिरे (९५२) मत प्राप्त गरी विजयी हुनुभएको छ भने वहँका प्रतिस्पर्धी याम प्रकाश सुब्बा सम्बाहाम्फे (७४६) मत प्राप्त गरी उपविजेता बन्नु भएको छ ।

त्यस्तै सह सचिव पदमा भएको निर्वाचनमा धन कुमारी राई (१३९६) मत प्राप्त गरी विजयी हुनुभएको छ । भने वहाँका प्रतिस्पर्धी विमला देबी भट्टराईले (५४४) मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ।

त्यस्तै समितिको सदस्यहरुमा क्षेत्र नम्बर १ बाट हेमराज कार्की (भिम) (२१७) र कमला राई गुरुङ (६२८) क्षेत्र नम्बर २ बाट ईश्वर बुढाथोकी (६३१)र लोविता राई(६३१) क्षेत्र नम्बर ३ बाट निर बहादुर श्रेष्ठ(९६) क्षे नम्वर ४ बाट दुर्गा प्रसाद पराजुली (३०९) र सावित्रा दाहाल उप्रेती (६७९)र क्षेत्र नम्वर ५ बाट टंक प्रसाद चम्लागाई (५०३) र रामकुमारी कुरुम्वाङ (५३८) मत प्राप्त गरि विजयी हुनु भएकोे निर्वाचन समितिका संयोजक दिपेन्द्र लामिछानेले जानकारी दिनुभयो ।

त्यस्तै लेखा समितिको संयोजकमा पशुपति कुमार धिताल ९४५ मत प्राप्त गरी विजय हुनुभएको । भने उहाँका प्रतिस्पर्धी धर्मानन्द भट्टराई ले (८०९) मत प्राप्त गर्नुभएको निर्वाचन समितिका संयोजक दिपेन्द्र लामिछानेले बताउनुभयो । त्यस्तै लेखा समिति सदस्यमा देउ प्रकास राई (९७५) ।र मनिका राई (८७५) मत प्राप्त गरि विजयी हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

३ हजार ६ सय ११ मतदाता रहेको खानेपानी संस्थामा संस्थामा २ हजार ८ सय ९८ मत खसेको थियो।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend