logo
शनिबार, साउन ३० २०८३

गाई हत्यामा संलग्न ४ जना पक्राउ


  • कुइनेटो न्युज
  • आइतबार, भाद्र २३ २०८१

माथी वाँया बाट खगेन्द्र दुलाल र गिता श्रेष्ठ तल बाँया बाट प्रेम वहादुर विष्ट र विधान थापा

कमल । झापाको दमक नगरपालिका २ बस्ने लछुमन बिष्टको गाई हत्या गर्ने चार जना पक्राउ परेका छन् ।

गाई हत्याको अभियोगमा पक्राउ पर्नेहरुमा १, जिल्ला झापा दमक नगरपालिका वडा नं. २ बेलडागी स्थित भुटानी शरणार्थी शिविर क्याम्प नम्बर २ छाप्रो नम्बर ३३२ बस्ने बर्ष ४४ वर्षिय प्रेम बहादुर बिष्ट रहेको प्रहरीले सार्वजनिक गरेको छ । विष्ट यस अघि पनि बिभिन्न समयमा चोरी, डाका र सार्वजनिक अपराधका घटनामा संलग्न भएको प्रहरीको विवरणमा छ ।

त्यस्तै दमक नगरपालिका ३ बेलडागी स्थित भुटानी शरणार्थी शिविर क्याम्प नम्बर ३ छाप्रो नम्बर A3 –२०८ बस्ने बस्ने बर्ष ३८ वर्षिय खगेन्द्र दुलाल रहको प्रहरीले जनाएको छ । दुलाल यस अघि बिभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय झापाबाट जबरजस्ति करणी मुद्धा र इलाका प्रहरी कार्यालय दमकबाट पशुपंक्षी सम्बन्धी कसुर मुद्दामा मुद्दा दर्ता भई कार्वाही भएको प्रहरीले जनाएको छ ।

। त्यसैगरी दमक नगरपालिका ३ बेलडागी स्थित भुटानी शरणार्थी शिविर क्याम्प नं. ३ छाप्रो नम्बर A2– १२० बस्ने बस्ने बर्ष ३२ को बिधान थापा रहेको र निज थापा समेत यस अघि पनि बिभिन्न मितिमा इलाका प्रहरी कार्यालय दमकबाट केहि सार्वजनिक अपराधमा मुद्दा कार्वाही भएको प्रहरी बताएको छ । भने दमक नगरपालिका ४ बस्ने बर्ष ४५ वर्षिय गिता श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । निजहरु बाट गाईको हत्या गर्न प्रयोग गरिएको खुकुरी थान १ थान, बन्चरो १ थान र मासु बोक्न प्रयोग गरेको झोला थान १ समेत निज बरामद गरिएको प्रहरीले जनाएको छ ।

गत भदौ १८ गते राती दमक नगरपालिका २ का लछुमन बिष्टको गाई वडा नम्वर १ स्थित पानी ट्याङकी गोठमा बाँधी राखेको २ महिनाको गर्भेणी समेत रहेको गाईलाई चोरी गरी उक्त गोठ देखी अन्दाजी .१ सय मिटर पूर्व तर्फ रहेको खाली प्लटिङ जग्गामा लगि टाउकोमा बन्चरो प्रहार गरि गाईको हत्या गरेका थिए ।

गाईको हत्या पछि खुट्टा करङ तथा घाँटीको मासु काटी लगेर अन्य शरिरको भाग मात्र घटना स्थलमा छोडेको अवस्थामा गाई फेला परेको थियो ।
पशुपंक्षी सम्बन्धी कसुरमा वारदात पश्चात फरार रहेका निम्न प्रतिवादीहरुको तदारुक्ताका साथ खोजतलास गरि उक्त घटनामा संलग्न भएको अभियोगमा चारै जनालाई अदालत बाट म्याद थपगरी इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend