कमल । कमल गाउँपालिका कृषि विकास शाखाले आज एक कार्यक्रमको आयोजना गरी कृषकलाई कृषि सामग्री तथा मेसिनरी औजार वितरण गरेको छ ।
शाखाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम अन्तर्गत कृषकको मागका आधारमा गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई मार्फत कृषकलाई कृषि सामग्री तथा मेसिनरी औजार वितरण गरिएको हो ।
कमल गाउँपालिकाको मुख्य पेशा भनेकै कृषि पेशा भएको र यहाँ व्यवसायीक रुपमा कृषि पेशा गर्दै आउनु भएका कृषकलाई कृषि सामग्रीले उत्पादनमा ठुलो सहयोग पुग्ने भएरनै कृषि सामाग्री वितरण गरिएको गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताउनु भयो ।
हस्तान्तरण गरिएका सामाग्रीमा ७५ प्रतिशत अनुदानमा १ सय १ जनालाई टनेल , ३४ जनालाई मल्चिङ्ग प्लास्टिक वितरण गरिएको थियो भने ५० प्रतिशत अनुदानमा २२ जनालाई स्प्रे टंकी , ९ जनालाई हातेठेला र १ जनालाई मकैलाई ड्याङ्ग लगाउने मसिन वितरण गरिएको कमल गाउँपालिका कृषि विकास शाखाका प्रमुख महेन्द्र बोहोराले बताउनु भयो ।
गत वर्ष सम्म कृषकको मागको आधारमा सामाग्री वितरण गरिन्थ्यो । तर यो वर्ष वडा बाट सिफारिस भएर आएका कृषकलाई शाखा द्वारा दिएको निर्देशन अनुसार टनेल घर निमार्ण गरिसकेपछि जनप्रतिनिधि र कर्मचारीले अनुगमन पश्चात मात्र सामाग्री वितरण गरिएको कृषि प्राविधिक प्रेम पोख्रेलले जानकारी दिनुभयो ।