logo
शनिबार, साउन ३० २०८३

केर्खामा आधारभुत पत्रकारिता तालिम सुरु


  • कुइनेटो न्युज
  • शनिबार, जेष्ठ २६ २०८१

कमल। कमल गाउँपालिकाको केर्खामा आधारभुत पत्रकारिता तालिम सुरु भएको छ ।
कुइनेटो मिडिया प्रा. लि. को आयोजना तथा कमल गाउँपालिका ३ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा  तालिम सञ्चालन भएको हो ।

नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा  आज बाट सुरु भएको तालिम २८ गते सम्म सञ्चालन  हुनेछ  ।
तालिममा  कमल गाउँपालिका ३ नम्बर वडा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कक्षा १० देखी १२ कक्षा सम्म अध्ययनरत  २५ जना विद्यार्थी सहभागी रहेका थिए ।

तालिममा सहभागी  विद्यार्थीलाई  किङ एफ एम दमकमा स्टेसन मेनेजर मनकुमार गदाल, हिमशिखर टेलिभिजन तथा रेडियो हिमशिखरका समाचार शाखा प्रमुख सुदीप अधिकारी र महेन्द्र रत्न माध्यमिक विद्यालय  कमल २ का शिक्षक विष्णु प्रकाश निरौलाले प्रशिक्षण दिनुहुने छ ।

कुइनेटो मिडिया प्रा.लि. का अध्यक्ष तथा कार्यकारी सम्पादक उमानाथ भण्डारीको अध्यक्षतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी र नवोदय बहुउद्देश्यीय सहकारी संस्थाका वरिष्ठ उपाध्यक्ष बलराम गजुरेल लगायतले तालिम सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम उमेश पोख्रेलले सञ्चालन गर्नु भएको थियो भने रविन सुब्बाले शाब्दिक शब्द द्वारा स्वगत मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend