कमल । कमल गाउँपालिका २ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालयले विभिन्न कार्यक्रम गरेर आफ्नो ५६ औं बार्षिक उत्सव मनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथी कमल गाँउपालिकाका अध्यक्ष हुकुमसिंह राई द्वारा विध्यालयको नवनिर्मित ४ कोठे पक्कि भवन र बालमैत्री शौचालयको उद्धघाटनका साथैपुन निर्माण हुनलागेको ४ कोठे नयाँ भवनको समेत शिल्यानास गर्नु भएको थियो भने अक्षयकोष दाता बाट जम्मा भएको जम्मा २० लाख रुपैयाको व्याज बाट विध्यालयमा अध्यायनरत गरिव तथा जेहेन्दार विध्यार्थीलाई छात्रावृति वितरण समेत गरिएको थियो ।
गाउँपालिकाका उपाध्यक्ष प्रमिला तिवारी ,सशत्र प्रहरीका डिआईजी प्रहरी नायव महानिरिक्षक कुलबहादुर नेम्बाङ्ग(पुर्व विद्यार्थी )लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
बार्षिक उत्सव कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य, लेखा अधिकृत सृजना राई, वाड न.ं २ का वाडा अध्यक्ष अशोक सुब्बा, ३ का अग्नी प्रसाद कोइराला विद्यालयका ब्यावस्थापन समितिका पुर्व अध्यक्ष, प्रधानाध्यापक , शिक्षक, विध्यार्थी लगायतको उपस्थिती रहेको थियो ।
विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष पवनकुमार राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि गाँउपालिकाका अध्यक्ष हुकुमसिंह राई रहनुभएको थियो विद्यार्थीहरुबाट राउटे तथा साकेला जस्ता सांस्कृतिक नित्य प्रस्तुत ।
विद्यालय ब्यावस्थापन समितिका अध्यक्ष पवनकुमार राईले विद्यालयमा गुणस्तर शिक्षा सुनिश्चिताको लागि विद्यालयमा नमुना बालविकासको स्थापना तथा पठनपाठन, कक्षा ६ देखि १० सम्मका सम्पुर्ण कक्षामा प्रोजेक्टर तथा इन्ट्रयाक्टिभ बोर्डको माध्यमबाट अध्यान अध्यापन, अंग्रजी माध्यमबाट पठनपाठन, सम्पुर्ण शिक्षकलाई एकएक वटा ल्यापटपको उपलब्धता, बालिका शौचालयमा सेनेटरी प्याडको ब्यास्थापन, हरेक शनिबार विद्यार्थीहरुलाई परिक्षा लिने अभ्यास, हरेक शुक्रबार अतिरित्त कृयाकलाप, गुनासो सुनुवाई संयन्त्रको ब्यावस्थापन, नियमित अभिभावक भेला, सम्पुर्ण कक्षाकोठामा सिसि क्यामाराको माध्यमबाट अनुगमन जस्ता अभ्यासहरु रहेको कुरा जानकारी गराउदै विद्यालय नमुना विद्यालय तर्फ उन्मुख भएको जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा राउटे , साकेला नृत्य प्रस्तुत गर्नुका साथै विभिन्न सांस्कृतिक कार्यक्रम समेत भएको थियो ।