कमल÷देशभर आज विभिन्न कार्यक्रम गरी ५९ औं राष्ट्रिय बालदिवस मनाइएको छ ।
यसैक्रममा झापाको कमल गाउँपालिका ३ स्थित श्री शहीद धर्मभक्त माध्यमिक विद्यालयले पनि आज सांगीतिक तथा सांस्कृतिक कार्यक्रम गरेर बालदिवस मनाएको छ ।
“बालबालिकामा लगानीःसुनिश्चित भविष्यको थालनी” भन्ने नाराका साथ मनाइएको बालदिवसमा १३ वटा सांगीतिक र १६ वटा सामूहिक खुल्ला नृत्य प्रतियोगिताको आयोजना गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयका प्रधानाध्यपक मधुसुदन अधिकारीले कार्यक्रममा सहभागी विद्यालयलाई शुभकामना दिदै,यस्ता कार्यक्रमले विद्यार्थीलाई थप हौसला प्रदान गर्ने बताउँदै कार्यक्रममा सहभागी विद्यार्थीलाई आगामी दिनमा थप प्रगति र उन्नति शुभकामना दिनुभयो ।
प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने समुहलाई नगद तथा प्रमाण पत्र द्वारा पुरस्कृत गरिएको थियो ।
त्यसैगरी विद्यालय द्वारा आयोजना गरिएको सदनात्मक विभिन्न विधाका अतिरिक्त क्रियाकलापमामा प्रथम द्वितीय र तृतियहुने विद्यार्थीलाई समेत यसै अवसरमा पुरस्कृत गरिएको थियो ।
अतिरिक्त क्रियाकलाप अन्तर्गत चित्रकला, वत्तित्वकला, वादविवाद, गायन, हाजिरी जवाफ, नेपाली र अंग्रेजी भाषामा हस्तलेखन लगायतका अतिरिक्त क्रियाकलाप सम्पन्न भएको अतिरिक्त क्रियाकलाप संयोजक भिमचन्द्र न्यौपानेले जानकारी दिनुभयो ।
शहीद धर्मभक्त बालक्लबकी अध्यक्ष निलीमा राईको अध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष लेखनाथ खतिवडा, पिटिए अध्यक्ष अमृता लामा, विद्यालयका वाल संरक्षक शिक्षक भवानी प्रसाद रेग्मी विद्यालयका शिक्षक कर्मचारी समेतको उपस्थिति रहेको थियो ।
कार्यक्रम बालक्लवकी उपाध्यक्ष आकृती अधिकारी तथा सदस्य पुस्पा लम्जेल, पुजा वानिया र भुपेन्द्र कोईरालाले सन्चालन गर्नुभएको थियो ।