कमल । नवगठित केर्खा बजार व्यवस्थापन समितिले बजार बासी सँग बजार व्यवस्थापनमा देखिएका विभिन्न समस्या र त्यसलाई सुधारगर्नका लागी सुझाव संकलन गरेको छ ।
स्थानीय शहीद धर्मभक्त माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न भएको अन्तरकृया कार्यक्रममा बजारवासीले नव गठित बजार समितिलाई बजार व्यवस्थापनका लागी सकारात्मक सुझाव दिनुभएको थियो ।
भेलामा उपस्थित बजार बासीका तर्फ बाट कमल भण्डारी, गौरी कोइराला, धान्य प्रसाद बराल, ज्ञानेन्द्र सापकोटा खड्का लगायतलेआम बजारवासीका तर्फ बाट सुझाव प्राप्त भएको थियो । बजारवासीका तर्फ बाट प्राप्त सुझावमा ठूला साना सबै व्यवसायीलाई एउटै व्यवहार गरिनुपर्ने , सागसब्जी तथा मासुपसललाई व्यवस्थित गर्नु पर्ने, शनिवार साप्ताहिक रुपमा लाग्दै आएको बजारलाई स्तरोन्नति गर्दै दीर्घकालिक समाधानको उपाय अपनाउनु पर्ने, बजार उत्तर रहेको सार्वजनिक शौचालयलाई प्रयोगमा ल्याउनु पर्ने, सडक बिचमा राखिएका निर्माण सामाग्री हटाउनुपर्ने,मानिस हिड्नकालागी बनाईएको फुटपाथमा व्यवसायीले सामान राखेकोले त्यसलाई हटाउनुपर्ने, हार्डवेरका सामानले बजारको सुन्दरता बिगारेकोले त्यसलाई व्यवस्थित गरी राख्नुपर्ने, बस बसस्टेण्डमा यात्रुका लागी बनाइएको प्रतीक्षालयमा व्यवसायी व्यवसाय सञ्चालन गरेकोले त्यसलाई व्यवस्थित गर्नु पर्ने लगायतका सुझाब प्राप्त भएको नवनिर्वाचित बजार समितिले जनाएको छ ।
बजारवासीका तर्फ बाट प्राप्त सुझावलाई सकारात्मक रुपपालिदै सबैको साथ र सहयोगमा प्राथमिकताको आधारमा पुरागर्दै जाने बजार व्यवस्थापन समितिका नव निर्वाचित अध्यक्ष देवेन्द्र दाहाल (देबु)ले प्रतिवद्धता जनाउनु भयो ।
बजार समितिका सचिव भुवन चौलागाईँ सहजिकरण गरेको कार्यक्रममा सल्लाहकार समितिका संयोजक बलनाथ नाल्बो ,सदस्य मोहन श्रेष्ठ लगायतले सबैको साथ र सहयोग पाएमा बजार समितिले धेरै काम गर्न सक्ने बताउनु भयो ।