कमल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमल गाउँ कमिटीले आज एक औपचारीक कार्यक्रमगरी विभिन्न व्याक्तिलाई सम्मान गर्दै मिसन ग्रासरुट २०७९ समापन गरेको छ ।
कमल गाउँपालिका ३ स्थित सिंहदेवी सामुदायिक भवनको सभाहलमा सम्पन्न कार्यक्रममा पार्टीका पुर्णकालिन कार्यकर्ता,शहिद परिवार र आश्रयदातालाई सम्मान गर्नुका साथै मिसन ग्रासरुटको प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रम समापन भएको हो ।
सो अवसरमा पार्टी द्वारा सम्मानित हुनेमा पुर्णकालिन कार्यकता तर्फ पार्टी केन्द्रिय सदस्य मेनुका काफ्ले पोख्रेल, कोशी प्रदेश सल्लाकार कमिटी सदस्य चन्द्रकुमार पोख्रेल, प्रदेश कमिटी सदस्य बलराम गजुरेल तथा शहिद परिवारका तर्फ बाट जानुका कुईकेल सिवाकोटी र नरमाया गुरुङ्गलाई सम्मान गरिएको थियो ।
त्यसैगरी आश्रयदाता तर्फ कमल गाउँपालिका वडा नम्वर १ बाट ९ जना,२ बाट ९ जना ३ बाट १० जना, ४ बाट १९ जना,५ बाट १० जना ६ बाट १४ जना र वडा नम्वर ७ बाट १५ जना गरी जम्मा ८६ जना लाई केन्द्रिय सदस्य तथा मिसन ग्रासरुट कमल ईन्चार्ज ईन्दिरा गौतम (ईन्दु) , प्रदेश कमिटी सदस्य मदन प्रसाद अधिकारी, बेनु सिवाकोटी, चन्द्रकुमार शेर्मा, सुमित्रा भण्डारी, जिल्ला कमिटी सदस्य तथा कमल ईन्चार्ज नारायाण प्रसाद गौतम लगायत पार्टीका नेताहरुले खादा ओडाएर सम्मान गर्नु भएको थियो ।
त्यस्तै पार्टी सुदृढीकरण तथा बिस्तार अभियान २०७९ अन्तर्गत कमल गाउँपालिकामा भएका सम्पुर्ण पार्टीका गतिविलाई समेटर तयार पारीएको मिसन ग्रासरुट प्रतिवेदन प्रस्तुत पछि कमल गाउँकमिटी अध्यक्ष प्रेमबहादुर पोखरेलले मिसन ग्रासरुटका अभियान ईन्र्चाज ईन्दिरा गौतम (ईन्दु) लाई बुझाउनु भएको थियो ।
कार्यक्रम गाउँकमिटी सचिव हरीप्रसाद ढकालले सन्चालन गर्नु भएको थियो भने उपाध्यक्ष पृथ्बिपती राईले शाब्दिक शब्द द्वारा स्वागत मन्तव्य राख्नु भएको थियो ।