logo
शुक्रबार, साउन २९ २०८३

शिवशताक्षी नगरपालीकाले अन्डर १३ मा छनौट भएका दुई खेलाडीलाई मासिक ८हजार दिने घोषण


  • कुइनेटो न्युज
  • बुधबार, जेष्ठ १६ २०८१

शिवसताक्षी । शिवसताक्षी नगरपालीकाले अन्डर ठटिनमा छनौट भएका नगरका दुई खेलाडीलाई मासिक ८हजार दिने घोषण गरेको छ ।

मङलबार शिवसताक्षी नगर खेलकुद बिकास समितिले आयोजना गरेको एन्फा द्वारा छनौट हुन सफल अन्डर ठटिन(u-13)का दुई खेलाडी सम्मान तथा बिधाइ कार्यक्रमलाइ …सम्बोधन गर्दै नगर प्रमुख मेगाहाङ थोप्राले यस्तो घोषणा गरेका हुन । उनले भने शिवसताक्षी नगरपालीका कृषि र पर्यटन क्षेत्रमा जिल्लाको अब्बल पालीका भएको र खेलखुद क्षेत्रमा पनि यस पालीका बाट राम्रो खेलाडीहरु उत्पादन भैइरहेकोले उनिहरुलाइ हौसला र वृद्धि बिकासमा टेवा पुगोस भन्ने हेतुले नगरपालिकाको आगमी बजेट बाट भुक्तानी दिने गरि उक्त रकम घोषणा गरेको बताउनुभयो।

घोषित रकम बाट वडा नम्बर ७ का आयुष भट्टराई र वडा नम्बर १० का रुप्लिहाङ लिम्बु लावन्दित हुनेछ्न ।
गएको महिना अखिल नेपाल फुट्बल संघ (एन्फा) ले स्थानीय तह, जिल्ला,प्रदेश हुदै केन्द्रीय स्तरमा छनौट गरेको थियो । उक्त छनौटमा यस नगरका दुइ युवा पर्न सफल भएका थिए । उनिहरुलाइ एन्फा एकाडेमी धरानमा आवस सहित कक्षा १२ सम्मको अध्यान गर्ने अवसर प्रप्त गरेको शिवसताक्षी नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरज रिङालुङ्ले बताउनुभयो। वहाँका अनुसार राष्ट्रिय खेलाडी अनन्त तामाङ्ग, सन्दिप राई , र एपीएफ अन्डर १६ का ईश्वर कार्की पनि यहि नगरपालीकाको उत्पादन रहेको जानकारी दिनुभयो। ।
सो अवसरमा नगर खेलकुद बिकास समितिले दुई खेलाडीहरुलाइ सम्मान पत्र ,खदा अबिर सहित नगद ३ हजर ५ सय रुपैया प्रदान गरिएको बताइएको छ । उनिहरु केहि दिनमा नै एन्फा एकाडेमी धरानमा जाने समेत बताइएको छ ।

खेलाडी सम्मान तथा बिदाइ कार्यक्रममा शिवसताक्षी नगरपालिका लेखा प्रमुख प्रकाश योङ्हाङ, शिक्षा तथा खेलखुद प्रेमी भिम लिवाङ्ग लगायतले खेलाडीहरुको उज्वल भबिष्याको कामना सहित शुभकामना मन्तब्य बोलेको कार्यक्रममा खेल्कुद प्रेमी मुकुम हाङ्ग लिम्बु, कमल दर्नाल, सम्मनित खेलाडीहरुका अबिभावक लगायतको बाक्लो सहभागिता रहेको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend