कमल । कमल गाउँपालिकामा बैठक सञ्चालन तथा माइन्युट लेखन सम्बन्धिको तालिम आज सम्पन्न भएको छ ।
मेची सामुदायिक सिकाइ केन्द्र कमल ३ को आयोजनामा आज जेठ ९ गते बाट सुरु भएको तिन दिवसीय बैठक सञ्चालन र माइन्युट लेखन सम्बन्धि तालिम आज औपचारीक रुपमा सम्पन्न भएको हो ।
कमल ५ स्थित मङ्गलमय माध्यमिक विद्यालयको सभाहलमा सञ्चालनमा रहेको तालिममा कमल गाउँपालिका वडा नम्बर ४,५,६ र ७ का टोल विकास संस्थाका अध्यक्ष र सचिव को सहभागिता रहेको तालिमको सहजीकरण नरेन्द्र जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक बद्री कार्कीले गर्नु भएको थियो ।
कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले टोल विकास संस्था भनेको पालिकाकै एक महत्वपूर्ण अङ्ग भएकोले संस्थाका अध्यक्ष र सचिवले माइन्युट लेखन देखी बैठक सञ्चालन भएको हो तालिममा सिकेका कुरालाई व्यवहारमा लागुगर्न उपाध्यक्ष न्यौपानेले सहभागी हरुलाई अनुरोध गर्नु भयो ।
समापन कार्यक्रममा बोल्दै कमल गाउँपालिका वडा नम्वर ५ का निवर्तमान वडा अध्यक्ष डम्वर बहादुर निरौला नवोदय बहुउद्येश्यिय सहकारी सस्थाका अध्यक्ष शारण कुमार पराजुली लगायतले तालिममा सिकेका कुरालाई व्यवहारमा लागुगर्न सुझाव दिनुभएको थियो ।
सिकाइ केन्द्रका अध्यक्ष लैन बहादुर पौडेलको अध्यक्षमा भएको तालिम समापन कार्यक्रमको सञ्चालन सचिव दुर्गा प्रसाद नेपालले गर्नु भएको थियो ।