logo
शुक्रबार, साउन २९ २०८३

प्रधानाध्यापक सङ्घ नेपालको झापा जिल्ला भेला सम्पन्न


  • उमानाथ भण्डारी
  • शनिबार, जेष्ठ १२ २०८१

कमल । प्राध्यापक सङ्घ नेपालको प्रथम झापा जिल्ला भेला आज सम्पन्न भएको छ ।

झापा जिल्लामा भएका सामुदायिक विद्यालयका प्रधानाध्यापक हरूको सङ्घ प्रिन्सिपल एसोसिएसन अफ नेपाल (एब्ल्) को जिल्ला स्तरीय भेला सम्पन्न भएको हो ।

“शिक्षित जागरुक र पहुँचयोग्य प्रधानाध्यापकको नेतृत्व” भन्ने नाराका साथ कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यमिक विद्यालयको सभाहलमा भेला सम्पन्न भएको थियो ।

भेलामा पानका प्रदेश महासचिव छवि धमलाले अन्तराष्ट्रिय स्तरमा सञ्चालनमा रहेको पान को बारेमा जानकारी गराउँदै आगामी दिनमा पानले विद्यालयमा कार्यरत प्रधानाध्यापकहरुको क्षमता विकास गर्ने समेत धमलाले जानकारी गराउनु भएको थियो ।

त्यसैगरी कोशी प्रदेश सभासद् होमबहादुर थापा शिक्षा विकास समन्वय एकाइ झापाका प्रमुख राजकुमार बिक पानका मोरङ जिल्ला संयोजक छत्रपति दाहाल शिक्षक महासङ्घ कमलका अध्यक्ष मोहन कुमार बगाले र शिवशतासीका बेनु कार्की लगायतले कार्यक्रम सफताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

पानका कमल गाउँपालिका संयोजक रुकमान सुब्बाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शहिद धर्मभक्त माध्यमिक विद्यालयका प्रधानाध्यापक मधुसुदन अधिकारीले गर्नु भएको थियो ।

पान जिल्ला समिति झापाको अध्यक्षमा :  रुकमान सुब्बा

                                                                                      नव निर्वाचित समिती

पान जिल्ला समिति झापाको अध्यक्षमा रुकमान सुब्बा चयन हुनुभएको छ ।

झापा जिल्ला स्तररीय प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) को आज सम्मपन्न जिल्ला स्तरीय भेला बाट पान नेपाल जिल्ला समिति झापाको अध्यक्षमा रुकमान सुब्बा चयन हुनुभएको हो । भेला बाट सुब्बाको अध्यक्षतामा १७ सदस्य समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्ष टंक पाख्रिन, सचिव खिलराज कोईराला,सहायक सचिव मधुसुदन अधिकारी ,कोषाध्यक्ष वालकृष्ण प्रसाई चयन हुनुभएको हो ।

त्यस्तै समितिको सदस्य सिताराम ढकाल , लोक बहादुर लावती,देबीमाया अधिकारी, शुक्रराज घिमिरे, दिपक लुईटेल, लिला गौतम ,कुमार दाहाल, पदम प्रसाद अधिकारी राजु बुढाथोकी,धर्म सुन्दर भट्राई, जय प्रकाश भण्डारी र कर्ण वहादुर डाँगी चयन हुनु भएको नव निर्वाचित सहायक सचिव मधुसुदन अधिकारीले बताउनु भयो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend