logo
मंगलबार, कार्तिक ११ २०८३

वण्डरल्याण्ड इङ्गलिस वोडिङ्ग स्कुलको वार्षिक उत्सव 


  • कुइनेटो न्युज
  • शुक्रबार, जेष्ठ ४ २०८१

कमल । वण्डरल्याण्ड ईङ्गलिस वोडिङ्ग स्कुलले विभिन्न कार्यक्रम गर्दै वार्षिक उत्सव मनाएको छ ।

 कमल गाउँपालिका ३ केर्खामा रहेको स्कुलले  आज विभिन्न अतिरिक्त कृयाकलापका साथै  सांस्कृतिक कार्यक्रम  गरेर विद्यालयको वार्षिकोत्सव  मनाएको हो ।

  वार्षिक कार्यक्रमको अवसरमा  शैक्षिक गतिविधिका साथै विद्यालयले सञ्चालन गरेको विभिन्न अतिरिक्त कृयाकलापमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत समेत गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल लक्ष्मी कान्त कोइरालाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि  झापा जिल्ला सहकारी  संघका पूर्व उपाध्यक्ष बलराम गजुरेल, अतिथि कमल गाउँपालिका ३ नम्बर वडा अध्यक्ष अग्निप्रसाद कोइराला,  कमल स्काउट  आयुक्त गुणराज गिरी  लगायतको उपस्थिति रहेको थियो । खड्ग प्रसाद न्यौपानेले सञ्चालन गर्नु भएको कार्यक्रमका अतिथिलाई  शिक्षिका  उषा चम्लागाईँ शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend