कनकाई । सनातन हिन्दू राष्ट्र अभियान नेपाल जिल्ला समिति झापाको आयोजनामा बृहत कनकाई माई सरसफाई अभियान तथा जिल्ला समिति र पालिकाको बैठक सम्पन्न भएको छ।
समितिको पहलमा गरिएको सरसफाई अभियानमा झापाका १५ वटै पालिकाका समिति , कन्काई माई धाम धार्मिक संस्थाका पदाधिकारी विभिन्न संघ संस्थाका प्रतिनिधी , नेपाल प्रहरी लगायतको उपस्थित रहेको थियो ।
सरसफाई अभियानमा ३५६ जनाको उपस्थितीमा कार्यक्रम सम्पन्न आयोजकले जनाएको छ । कार्यक्रमको मुख्य उद्येश्य भनेको
कनकाई गङ्गा पवित्र पुण्य तीर्थ रहेकोले उसको सरसफाई रहेको समितिले जनाएको छ ।
यस ठाउमा लाखौँको सङ्ख्यामा भक्तजनहरू आउने भएकाले यस्तो पबित्र क्षेत्रको सबैले आफ्नो दाईत्व संझेर सरसफाई गर्नु पर्ने हुन्छ । आगामी दिनहरूमा सबैको साथ र सहयोगमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउदै लगीने आयोज समितिका सदस्य पंण्डित सीताराम तिम्सिनाले जानकारी दिनुभयो ।