logo
मंगलबार, कार्तिक ११ २०८३

शिवसताक्षी ७ झारबारीमा निर्माणाधीन भलिबल स्तम्भको मेयर थोप्रा द्वारा अनावरण


  • उमानाथ भण्डारी
  • शनिबार, बैशाख २९ २०८१

कमल । झापाको शिवसताक्षी नगरपालिका ७ स्थित झारबारीमा निर्माणाधीन भलिबल स्तम्भको आज एक कार्यक्रमका बिच अनावरण गरिएको छ ।

गोलग्राउण्डको संरक्षण गर्ने उद्देश्यले निर्माण गरिएको स्तम्भका शिवसताक्षी नगरपालिका नगर प्रमुख मेघाहाङ्ग थोप्रा रोशनले अनावरण गर्नु भएको हो ।

गोलग्राउण्डको संरक्षण गर्ने उद्देश्यले निर्माण गरिएको स्तम्भ निर्माणमा वडा नम्बर ७ बाट एक लाख र प्रवासी नेपाली हरु बाट २ लाख रुपैयाँ गरि जम्मा ३ लाख रुपैयाँको लागतमा स्तम्भ निर्माण गरिएको स्तम्भ निर्माण समितिका सल्लाहकार क्षितिज लक्समले जानकारी दिनुभयो ।

स्तम्भ अनावरणको अवसरमा निर्माण समितिले एक दिवसीय वडा स्तरीय प्रथम नक आउट भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।
स्तम्भ निर्माण समितिको आयोजना तथा शिवसताक्षी नगरपालिकाको प्रायोजनमा आयोजित वडा स्तरीय प्रथम नक आउट भलिबल प्रतियोगितामा वडा नम्बर ७ (ए) विजयी भएको छ ।


वडा नम्बर ७ ले वडा नम्बर २ फाइनलमा पछि पर्दै विजयी भएको ।

विजयी भए सँगै वडा नम्वर ७ (ए) ले नगद २१ हजार १११ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाण पत्र पाप्त गरेको छ भने उपविजेता हुने वडा नम्बर २ ले नगद ११ हजार १११ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाण पत्र पाप्त गरेको आयोजक भलिबल स्तम्भ निर्माण समितिका अध्यक्ष नवीन लक्समले जानकारी दिनुभयो ।

त्यसैगरी प्रतियोगिताको तेश्रो स्थान आयोजक वडा नम्वर ७ (वि) भएको छ । उसले नगद ५ हजार प्राप्त गरेको छ ।
भलिबल प्रतियोगितामा नगरपालिकाका ११ वटै वडा सहभागी रहेका थिए ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend