logo
शुक्रबार, साउन २९ २०८३

नेकपा (एमाले) कमलको अध्यक्षमा ढकाल   निर्वाचीत


  • कुइनेटो न्युज
  • शनिबार, बैशाख २९ २०८१

कमल। नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमलको दोस्रो गाउँ अधिवेशन बाट  अध्यक्षमा हरि ढकाल  सर्व सम्मत निर्वाचित हुनु भएको छ ।

 आगामी तिन वर्षे कार्यकालका लागी  ढकाल सहित उमेद्वारी दर्ता गराउनु भएका डम्बर बहादुर निरौला र  धन बहादुर बस्नेतले उम्मेद्वारी फिर्ता  लिए सँगै ढकाल सर्वसम्मत निर्वाचित हुनु भएको हो । यद्यपि यो समाचार तयार पार्दा सम्म  निर्वाचन समितिले भने आधिकारिक रुपमा   घोषणा  गरिसकेको छैन ।

                                                                           उपाध्यक्ष अकल बहादुर गुरुङ्ग

त्यस्तै उपाध्यक्षमा  अकल बहादुर गुरुङ्ग  सर्व सम्मत निर्वाचित हुनुभएको छ । गुरुङ्ग सँगै उम्मेद्वारी दिनुभएका चन्द्रकला ढकाल र उषा भण्डारी आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि गुरुङ्ग सर्वसम्मत  निर्वाचित हुनु भएको हो  भने बाँकी पदमा निर्वाचन हुने  निर्वाचन समितिका सदस्य शरण कुमार पराजुलीले जानकारी दिनुभयो ।

 अधिवेशन हिजो बैशाख २८ गते देखी कमल  गाउँपालिका ५ स्थित रोड स्टार पार्टी प्यालेसमा हुदैछ  ।

कमल गाउँपालिकामा १ हजार ३ सय नवीकृत सदस्य मध्ये बाट अधिवेशनका लागी ३ सय जना प्रतिनिधि छनौट भएको गाउँ कमिटी सचिवालयले जनाएको छ ।
अधिवेशन बाट  ७५ जनाको गाउँ कमिटी निर्वाचित हुनेछ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend