logo
मंगलबार, कार्तिक ११ २०८३

माईजोगमाई अध्यक्ष कप : इलाम र सूर्योदय सेमिफाइनल प्रवेश


  • कुइनेटो न्युज
  • शनिबार, बैशाख २९ २०८१

इलाम । इलाम नगरपालिका र सूर्योदय नगरपालिका दोश्रो माईजोगमाई अध्यक्षकप आमन्त्रण अन्तरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।

शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा इलामले माङसेबुङ गाउँपालिकालाई ४–१ गोल अन्तर र सूर्योदय नगरपालिकाले माई नगरपालिकालाई ३–१ गोल अन्तरले हराएको हो ।

तेश्रो क्वाटरफाइनल खेलको दोश्रो हाफ सम्हालिन नसक्दा माङसेबुङले अन्तिम ४ मा स्थान सुरक्षित गर्न सकेन् । पहिलो हाफ १–१ गोल अन्तर बनेको खेलको दोश्रो हाफमा इलामले ३ गोल गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । खेलको म्यान अफ दि म्याच इलामका प्रिन्स शेर्पा घोषित हुनुभयो ।

अन्तिम क्वाटरफाइनल खेलमा अग्रता जोगाउन नसक्दा माई नगरपालिका पराजित बनेको छ । पहिलो हाफमा १–० गोल अन्तर बनाएको माईले दोश्रो हाफमा ३ गोल व्यहो¥यो । खेलको म्यान अफ दि म्याच सूर्योदयका पाल्देन तामाङ घोषित हुनुभयो ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा शनिबार इलाम नगरपालिका र माईजोगमाई गाउँपालिका भिड्नेछन् । इलामले सन्दकपुर गाउँपालिका र माङसेबुङ गाउँपालिकालाई हराउँदै अन्तिम ४ मा स्थान बनाएको हो । माईजोगमाईले रोङ गाउँपालिकालाई हराएको हो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend