झापा। बाइ सि एल नेपाल झापाको छैठौं भेला आगमि बैशाख २२ गते बिर्तामोडमा हुने तय भएको छ ।
वाइ सि एल नेपाल झापा जिल्ला कमिटीको यस अघि बैशाख ७ गते हुने भनिएको भए पनि इलाममा भएको उपनिर्वाचनलाई लक्षित गरि २२ गतेको लागि सार्नु परेको जिल्ला अध्यक्ष राजु दर्नालले जानकारी दिनु भयो।

युगान्तकारी परिवर्तनलाइ सस्थागत गरौ ,परिवर्तनको सम्बाहक युवा शक्ति वाइ सि एल नेपाल झापाको छैठौं जिल्ला भेला भब्य रुपमासाथ सफल पारौ भन्ने मुल नाराको साथ तिब्र तयारी गरिएको जिल्ला भेला सिटी सेन्टर बिर्तामोडमा हुने सम्योजक दर्नालले जानकारी दिनु भयो ।
यस अघि नै भेलालाइ सफल बनाउन बिभिन्न उपसमिति समेत गठन गरि जिम्मेवारी बाड फाड गरि सकिएको छ ।
भेलालाइ सम्पन्न गर्नको लागि डेभिट शाहीको सम्योजकमा आर्थिक ब्यबस्थापन उपसमिति चयन गरिएको छ। उक्त समितिको सदस्यहरुमा क्रमशः जनक ल्वागुन, जोन बुडाथोकी, प्रेम ल्वागुन र रुद्र बहादुर रहेका छ्न । त्यसैगरी अथिति ब्यबस्थापनमा राजु दर्नालको सम्योजकत्वमा जनक ल्वागुन लगायत रहेका छ्न भने कार्यक्रम हल ब्यबस्थापनमा बिनोद नेम्बाङ्गलाइ जिम्मेवारी तोकिएको छ ।
अधिबेशनलाइ सब्य र भाब्यताका साथ सम्पन्न गर्नको लागि जिल्लाको सबै पालिकामा भब्य तयारी भैइरहेको बताइएको छ ।
अधिबेशनको अवसरमा खुल्ला एकल नृत्य प्रतियिगिता ,मार्च पास , र उद्घाटन शत्र रहने छ
जिल्ला भेलालाइ उद्घाटन गर्न नेपाल सरकारबाट कुनै एक मन्त्री आउने समेत बताइएको छ ।