logo
शुक्रबार, साउन २९ २०८३

योग शिविर समापन


  • कुइनेटो न्युज
  • सोमबार, बैशाख १७ २०८१

कमल । पतञ्जलि योग समिति कमलको आयोजना तथा कमल गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित योग शिविर सम्पन्न भएको छ ।

महिला तथा बालबालिका शाखाको वार्षिक स्वीकृत कार्यक्रम मार्फत कमल गाउँपालिका ५ स्थित गौरीशंकर शिवालय मन्दिरको सभाहल र कमल ३ स्थित केर्खा पब्लिक स्कुलको प्राङ्गणमा सञ्चालन रहेको शिविर आज एक औपचारिक कार्यक्रम गरी समापन गरिएको छ ।
पतञ्जलि योग समिति कमलका अध्यक्ष तिलोचन गौतमको अध्यक्षता र कमल गाउँपालिका ३ नम्बर वडा अध्यक्ष अग्निप्रसाद कोइरालाको प्रमुख आतिथ्यमामा कार्यक्रम सम्पन्न भएको थियो ।

शिविरमा सहभागीलाई पतञ्जलि योग समिति कोशी प्रदेशमा महामन्त्री लक्ष्मीप्रसाद काफ्ले, झापाका संगठन मन्त्री रुद्र ओली ,कमल गाउँ समितिका युवा प्रभारी घनश्याम प्याकुरेल लगायतले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रम पतञ्जलि योग समिति कमलका महामन्त्री मोहन खनालले सञ्चालन गर्नु भएको थियो भने कोषाध्यक्ष रविन्द्र चापागाँईले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend