logo
शुक्रबार, साउन २९ २०८३

कमल ५ द्वारा सडक बत्ती र ग्राईण्डर वितरण


  • कुइनेटो न्युज
  • शुक्रबार, बैशाख ७ २०८१

कमल । झापाको कमल गाउँपालिका ५ नम्बर वडा कार्यालयले आज एक कार्यक्रमका बिच सडक बत्ती र ग्राईण्डर वितरण गरेको छ ।

कार्यालयले वडामा गठन भएका ८ वटा टोल विकास संस्थालाई रातको समयमा हुने विभिन्न किसिमका अपराधीक घटना र जङ्गली हात्ती बाट बच्नका लागी एक सय थान सडक बत्ती र ग्रिल व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई व्यवसाय सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले २६ थान ग्राईण्डर वितरण गरिएको वडा अध्यक्ष लाल बहादुर विष्टले जानकारी दिनुभयो ।

वडाको वार्षिक सिलिङ्ग बजेट बाट टोल विकास सस्था र ग्रिल व्यवसायीलाई सामाग्री वितरण गरेको वडा सचिव अमृत शाहले बताउनु भयो ।

सामग्री वितरण कार्यक्रममा वडा सदस्य, टोल विकास संस्थाका प्रतिनिधि र व्यवसायीको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend