कमल । झापाको कमल गाउँपालिकामा नवसाक्षरका लागि निरन्तर शिक्षाका नमुना सामग्री परीक्षण तथा पृष्ठपोषण कार्यक्रम सम्पन्न भएको छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रको आयोजना, कमल गाउँपालिका युवा, खेलकुद तथा शिक्षा शाखाको व्यवस्थापन तथा मेची सामुदायिक सिकाइ केन्द्रको संयोजनमा नवसाक्षरका लागि निरन्तर शिक्षाका नमुना सामग्री परीक्षण तथा पृष्ठपोषण सम्बन्धि अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
आईतवार कमल गाउँपालिका २ स्थित कमला मदनआश्रित स्मृति माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न नवसाक्षरका लागि निरन्तर शिक्षाका नमुना सामग्री परीक्षण तथा पृष्ठपोषण सम्बन्धि कार्यक्रम सम्पन्न भएको हो ।
मेची सामुदायिक सिकाइ केन्द्रका उपाध्यक्ष विजयकुमार अधिकारीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रकी शाखा अधिकृत भीमादेवी गौतम कोइराला, शिक्षा विकास तथा समन्वय एकाइ, झापाका सूचना अधिकारी भोलानाथ दाहाल, नेपाल शिक्षक महासङ्घ कमल गाउँ समितिका अध्यक्ष एवं मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहनकुमार बगाले, मेची सामुदायिक सिकाइ केन्द्रका निवर्तमान अध्यक्ष मातृकाप्रसाद नेपाल, नेपाल शिक्षक महासङ्घ कमल गाउँ समितिका निवर्तमान अध्यक्ष तथा कमला मदनआश्रित स्मृति माध्यमिक विद्यालयका . प्रधानाध्यापक हिमप्रसाद दाहाल, वाणी माध्यमिक विद्यालयका निवर्तमान प्रधानाध्यापक लक्ष्मीप्रसाद डाँगी र सनराइज मोडल स्कुल दमकका प्रिन्सिपल जनार्दन मैनालीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ झापाका सूचना अधिकारी भोलनाथ दाहालले शाब्दिक शब्द द्वारा शुभकामना मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम कमल गाउँपालिका युवा, खेलकुद तथा शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेले सञ्चालन गर्नुभएको थियो ।
दुई चरण सम्पन्न कार्यक्रमको दोस्रो चरणमा सञ्चालित नमुना सामग्री परीक्षण तथा पृष्ठपोषण कार्यक्रममा नवसाक्षरहरू भीमा रिजाल, सीता गौतम, हरिमाया ढकाल, गोमा गौतम, विमला गौतम, प्रेमकुमारी न्यौपाने, हिमा अर्याल, गीतामाया सेलिङ, जानुका ढकाल, चन्द्रमाया दाहाल, तारा सुवेदी गौतम लगायतको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा सहभागी नवसाक्षरहरूलाई समयसापेक्ष चेतनामूलक विविध विषयका व्यावहारिक नमुना पाठ्य सामग्रीहरू वितरण गरी ती सामग्रीहरू अध्ययन गर्न दिएर तिनमा सोधिएका प्रश्नहरूको उत्तर तथा पृष्ठपोषणका रूपमा लिखित धारणाहरू सहभागीहरूबाट सङ्कलन गरिएको थियो ।
कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रकी शाखा अधिकृत भीमदेवी गौतम कोइरालाले कार्यक्रमको महत्त्वमाथि चर्चा गर्दै सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिनुभएको थियो ।
सभाध्यक्षको आसनबाट बोल्दै मेची सामुदायिक सिकाइ केन्द्रका उपाध्यक्ष विजयकुमार अधिकारीद्वारा कार्यक्रमको आयोजना तथा व्यवस्थापनमा सहयोग गर्ने शिक्षा तथा मानव स्रोत विकास केन्द्र तथा कमल गाउँपालिका युवा, खेलकुद तथा शिक्षा शाखाप्रति हार्दिक आभार प्रकट गर्दै कार्यक्रमलाई सफल बनाउन सहयोग पु¥याउनुहुने सम्पूर्ण अतिथिज्यूहरूप्रति हार्दिक कृतज्ञता प्रकट गर्नुका साथै नवसाक्षर सहभागीहरूप्रति हार्दिक धन्यवाद दिनुभएको थियो ।