झापा । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय राजगढबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतिबन्धित लागुऔषध सहित ३ जना व्याक्ति लाई नियन्त्रणमा लिएको छ ।
बाह्रदशी गाउँपालिका २ स्थित बिरिङ पुल दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे ७ प १०२६ नं. मोटरसाइकलमा सवार व्याक्तिलाई चेकजाँच गर्दा निजहरुको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगर १७ ग्राम ७४० मिलिग्राम फेला परेकोले प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका व्याक्तिहरुमा झापा गाउँपालिका वडा नम्बर ४ बस्ने बर्ष २३ का अलागिर हक , सोही ठाउँ बस्ने बर्ष २६ का मोहम्मद हुसेन र बस्ने बर्ष २१ का मन्जिर रुलहक रहेको जिल्ला प्रहरी कार्यालय झापाका निमिक्त सूचना अधिकारी प्रहरी निरीक्षक ढुण्डी राज गिरीले जानकारी दिनुभयो ।

प्रहरीले मोटरसाइकल सहित नियन्त्रणमा लिएका व्याक्तिलाई जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।