logo
मंगलबार, कार्तिक ११ २०८३

शिवसताक्षी नगरपालिका–८ द्वारा अरुणोदय आधारभूत विद्यालयलाई विद्युतीय अटो रिक्सा प्रदान


  • कुइनेटो न्युज
  • शुक्रबार, चैत्र २ २०८०

कमल ÷ झापाको शिवसताक्षी नगरपालिका–८ ले नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै स्कुल डाँडामा रहेको अरुणोदय आधारभूत विद्यालयलाई विद्युतीय अटो (ई–रिक्सा) उपलब्ध गराएको छ ।

बिहीबार एक कार्यक्रमकाबीच वडा अध्यक्ष सन्तकुमार फेउदिनले सो विद्यालयका विद्यार्थीलाई ई—रिक्सामा राखेर विद्यालय परिसर घुमाउँदै विद्यालयलाई हस्तान्तरण गरेका हुन् । वडा अध्यक्ष फेउदिन, वडा सदस्य टिकामाया दर्जी, विवेक थिंङ, ज्ञानु लुइँटेल र वडा सचिव पुष्पलाल पाण्डेले विद्यालयकी प्रधानाध्यापक तारा लावती र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश सिलवाललाई विद्युतीय अटो रिक्साको साँचो हस्तान्तरण गरेका हुन् ।

विद्यालयलाई वडाले अटो रिक्सा दिएपछि आउने शैक्षिक सत्रमा विद्यार्थीको चाप बढ्ने वडा कार्यपालिका र विद्यालय प्रसाशनको ठम्याई छ ।
सम्झना चोक, डाँडा गाउँ, मुसर बस्ती, बिहानी चोक, कञ्चन टोल, बुद्ध चोक, पगरी टोल, गुराँस चोक लगायत टाढा टाढाबाट आउने विद्यार्थीलाई विद्यालयसम्म सहज रुपमा आउन र गन्तव्य सम्म पुग्न विद्युतीय अटो रिक्साले सहयोग पुग्ने विद्यालयकी प्रधानाध्यापक तारा लावतीले बताइन् । विद्यालयको समग्र भौतिक निर्माण तथा शैक्षिक विकासका लागि वडाले दिएको विद्युतीय अटो रिक्सा उपहारले विद्यालयको सर्वाङ्गीण विकासमा टेवा पु¥याउने वहाँले बताउनु भयो ।

विद्यालयले विद्युतीय अटो रिक्सा सञ्चालनका लागि सोही विद्यालयका एक विपन्न अभिभावकलाई जिम्मा दिने भएको छ । उनले विद्यालयमा टाढाबाट अध्ययन गर्न आउने विद्यार्थीलाई विद्यालय सम्म ल्याउने र छुट्टी भएपछि घर सम्म पु¥याउने गर्छन् । विद्यार्थी ओसारे बापत उनले कुनै पारिश्रमिक विद्यालयबाट नलिने प्रधानाध्यापक लावतीले बताउन् ।

‘बिहान बेलुका विद्यार्थी बोक्नुहुन्छ, दिउसो यात्रु बोक्नु हुन्छ,’ विद्यालयकी प्रधानाध्यापक लावतीले भनिन्, दिउँसो यात्रु बोके बापत उनले विद्यालयलाई दिनहुँ तीन सय भुक्तानी गर्नुहुन्छ ।

विद्युतीय अटो रिक्सा चालकले दिएको तीन सयले विद्यालयले एक जना निजी शिक्षक नियुक्ति गर्ने विद्यालय प्रशासनले योजना बनाएको छ । नर्सरी देखी कक्षा १ सम्म अङ्ग्रेजी माध्यमबाट अध्ययन अध्यापन हुने सो विद्यालयमा आउँदो शैक्षिक सत्रदेखि कक्षा २ सम्म अङग्रेजी माध्यमबाट अध्ययन अध्यापन हुने भएको छ ।

आदिवासी, जनजाति, सन्थाल र दलित समुदायका बालबालिका अध्ययन गर्ने सो विद्यालयमा वडाले दिएको विद्युतीय अटो रिक्सा उपहारले विद्यार्थी सङ्ख्या वृद्धि हुने वडा अध्यक्ष फेउदिनले बताए । उनका अनुसार टाढाको स्थानबाट पढ्नका लागि बालबालिका आउने कार्यलाई सहज बनाउन साधनको रुपमा विद्युतीय अटो रिक्सा उपलब्ध गराइएको हो ।

उनले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण बढाउन पनि सवारीसाधनले सहयोग पुग्ने जनाए । वडाले विद्युतीय अटो रिक्सा विद्यालयलाई उपहार दिएपछि स्थानीय अभिभावक पनि मक्ख परेका छन् । उनीहरूले अब, बोर्डिङ स्कुलबाट आफ्ना नानी निकालेर अरुणोदयमा भर्ना गर्ने बताउनुभयो । स्थानीय भीमा राईले भनिन्,’ अघि नानीलाई बोक्ने गाडी थिएन र बोर्डिङमा पठाए । अव विद्यालयमा विद्युतीय अटो रिक्सा आएपछि आफ्नै गाउँको विद्यालयमा मेरी छोरी पढाउँछु ।’

सो विद्यालयमा ५ महिना अघि मात्र तारा लावती प्रधानाध्यापक पदमा नियुक्त भएकी हुन् । उनी प्रधानाध्यापकमा नियुक्त भएपछि विद्यालयको स्वरूप परिवर्तन हुन थालेको छ । शिक्षक शिक्षिकाको टिम वर्क मिल्यो भने सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न सकिने उनले बताउन् । ‘म एक्लै केही होइन । अभिभावक, शिक्षक र दाताको सकारात्मक सोचले विद्यालयको गुणस्तर सुधार गर्न सकिने रहेछ । उनको नियुक्ति पछि १० जना विद्यार्थी थपिएका छन् ।

लावतीले विद्यालयका अक्षय कोष पनि स्थापना गरेकी छन् । गएको तिहारमा देउसी खेलेर अक्षय कोषको स्थापना गरेको उनले बताइन । देउसीको अलावा केही दाताले पनि विद्यालयलाई आर्थिक सहयोग गरेका छन् ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend