logo
मंगलबार, कार्तिक ११ २०८३

लागु औषध सहित दुई महिला र एक पुरुष प्रहरीको नियन्त्रणमा


  • कुइनेटो न्युज
  • मंगलबार, फाल्गुन २२ २०८०

कमल ÷ झापा बिर्तामोड . वडा नम्वर ६ बाट लागु औषध सहित प्रहरील दुई महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको छ ।

 

प्रहरीले विर्तामोड ६ बुट्टाबारी स्थित मान बहादुर लिम्बुको घरमा लागु औषध ब्राउन सुगर कारोबार भई रहेको छ भन्ने गोप्य सुचनाको आधारमा अस्थाई प्रहरी चौकी बुट्टाबारीबाट प्रहरी सहाय निरिक्षक सरोज थापा समेतको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

 

प्रहरीले ईलाम सन्दकपुर गाउँपालि निवासी वर्ष २५ की वविता गुरुङको साथ बाट ६ हजार ९ सय रुपैया नगद सहित ३ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर ,बिर्तामोड ६ का २१ वर्षीय मनिष लिम्बुको साथबाट २२ ग्राम ७१० मिलिग्राम ब्राउन सुगरका साथै मोबाईल दुई थान र २ हजार ९ सय पचास रुपैया नगद फेला परेकोले प्रहरलिे जनाएको छ ।

 

ईलाम नगरपालिका २ निवासी २० की पुर्णिमा गुरुङको साथ बाट केहि फेला नपरेको भए पनि अनुशन्धानकालागी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा तिनै जनालाई म्याद थप गरी ईलाका प्रहरी कार्यालयमा राखी अनुशन्धान भैरहेको प्रहरलिे जनाएको छ ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend